सूचना दिन गाउँगाउँ पुग्छन् कर्मचारी

२० श्रावण,२०७८
दुधौली न्युज सम्बाददाता –
दुधौली । मोहन बहादुर केप्छाप्की मगर अहिले ६१ वर्षको हुनु भयो तर पनि, उहाँको जोस जाँगर उत्तीकै छ । दुधौली नगरपालिका वडा नंं १२ का प्रत्येक घरमा उहाँको काम सूचना पु¥याउने हो । वडा कार्र्यालय वा नगरपालिकाको केहि सूचना भए उहाँ सम्पूर्णलाई जानकारी गराउन घर घर पुग्ने गर्नुहुन्छ । सुन्दा अचम्म लाग्न सक्छ तर यो सत्य हो ।

         टेलिफोनको पहुँच भन्दा बाहिर रहेका सेवाग्राहीहरुलाई उहाँको काम निकैनै प्रशंसनिय छ । यो समाचार तयार पारेकै दिन उहाँले वडा नं. १२ को पर्चटार, सिम्लेभित्ता, पाङ्ग्रेडाडा र दाउन्ने लगाएतका गाउँमा पुगेर वृद्ध भक्ता कार्ड नविकरण गर्नुपर्ने सूचना दिएर आएको मोहन बहादुर केप्छाप्की मगरले बताउनु भयो । शनिबार भएपनि उहाँले सूचना दिने कुरामा कन्जुस्याई भने गर्नु भएन ।  दिुधौली नगरपालिका वडा नं. १२ का कर्मचारी भने जनतालाई सू–सूचित गराउन टेलिफोनको पहुचँ नभएपछि कर्मचारीले नै सूचना दिने गरेका छन् । नगरपालिकालाई वातावरण मैत्री निर्माण गर्न प्रत्यक वडाहरुमा फोहोर मैला सहजकर्ताको रुपमा कर्मचारी नियूक्ती गरीएको छ । सोहि कर्मचारीलाई वडा नं. १२ ले भने जनतालाई फोहोर मैलाका वारेमा चेतनासँगै सूचना दिने काम पनि गराउने गरेको छ ।

                 वडा नंं १२ जिनाखुका धेरै जसो गाउँ बस्तीहरुमा टेलिफोनको पहुँच छैन् । टेलिफोनको पहुँच नहुदाँ कर्मचारी आफै सूचना लिएर कर्मचारी मगर घरघर जाने गर्नुहुन्छ । साविक जिनाखुको वडा नंं ५,६,८ र ९ का सिन्कौले, पाङ्ग्रेडाडा,गोगने हात्तीखर्क, थलिया, गैरी र माहादमार लगाएतका गाउँबस्तीहरुमा पुग्न केहि सकस हुने गरेको कर्मचारी मगरले बताउनु भयो । उहाँले भन्नु भयो – “५ वर्ष देखि यहि काम गरीरहेको छु, वर्खाको समयमा भने हिडडुल गर्न समस्या हुने गरेको छ । ”

                         सिन्धुलीको दुधौली नगरपालिकाका ३ वटा वडाहरु पूर्ण रुपमा विकट रहेका छन् भने २ वडा वडाहरु आंशिक रुपमा विकट रहेका छन् । वडा नं. १२,१३ र १४ पुर्ण रुपमा विकट रहेका छन् । वडा नं. २ र वडा नं. १ को भने केही साविकका वडाहरु विकट छन् । कर्मचारी मगरले फोहोरमैला व्यवस्थापनामा जनचेतना र वडा वा नगरपलिकाबाट जारी भएको सूचना गाउँबस्तीहरुमा पु¥याउने गरेको वडा अध्यक्ष बाघसिहं पाख्रीनले जानकारी दिनुभयो । उहाँले भन्नु भयो– “यसो गर्दा सर्वसाधरण सूचनालिन बाट बञ्चीत हुने छैनन् । ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!