दुधौली १० कर्था गाउँ शिल


१२ भाद्र, २०७७
दुधौली न्युज / रविन्द्र भट्टराई —
दुधौली / समुदायमा नै कोराना भाईरसको संक्रमण देखिएपछि दुधौलीको कर्था गाउँ शिल गरिएको छ । दुधौली नगरपालिका वडा नं. १० को कर्था गाउँ शिल गरिएको हो । संकट व्यवस्थापन केन्द्र दुधौलीको बिहिवार बसेको बैठकले यस्तो निर्णय गरेको दुधौली नगरपलिकाका नगरप्रमुख घनश्याम राउतले बताए । पूर्वमा कमलाखोँच वालगृह,पश्चिममा कर्था खोला,दक्षिणमा कमला नदि र उत्तरमा जगंल यी चार दिशा भित्र अर्को सुचना जारि नहुन्जेलका लागि शिल गरिएको हो ।

                      होम क्वारेन्टाईनमा बसेका कर्थाका ४२ वर्षिय पुरुषमा कोरोना भाईरसको संक्रमण देखिए पछि नियन्त्रणका लागि यस्तो कदम चालिएको प्रमुख राउतले बताए । ति पुरुष जनकपुरमा एक वैकंमा कार्यरत शुरक्षा गार्ड हुन् । उनि केहि दिन पहिले घर आएका थिए, घर आएपछि उनलाई ज्वरो आएको थियो ।

                   ज्वरो आएपछि नगरपलिकाले उनको भाद्र २ गते पिसिआर जाँच गरिएको थियो । पिसिआर गरेको एक हप्ता पछि उनको रिर्पोट पोजेटिभ आएको हो । उनिसगँै दुधौली नगरपालिकामा संक्रमितको संख्या ४ पुगेको छ भने ३ जना निको भएर घर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!