कोगटीबाट तास खेलिरहेका चार जना पक्राउ

६ भाद्र २०८०

दुधौली न्युज सम्बादाता –

कोगटी / विशेष सूचनाको आधारमा प्रहरीले दुधौली १० कोगटीको एक होटलमा तास खेली रहेको अवस्थामा प्रहरीले चार जना लाई पक्राउ गरेको छ । दुधौली नगरपालिका  १० कोक्टि स्थित सौरभ होटेलमा तास खेली रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय डकाहा र प्रहरी चौकी दुधौलीबाट प्रहरी गएको प्रहरी टोलीले तास खेली रहेको अवस्थामा दुधौली नगरपालिका १० का ४३ वर्षीय निलेन्द्र कर्ण, ३३ वर्षीय विजय महतो, ३५ वर्षीय दीपक न्यौपाने र ३० वर्षीय लक्ष्मण कुमर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक रबिन कुमार गुप्ताले जानकारी दिनुभयो ।

प्रहरीले ३२ हजार ३२० रुपैयाँ, १ बुक तास नियन्त्रणमा लिएको छ । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय सिन्धुली ल्याई बुधबार सिन्धुली जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!