“राजनीति र नातावादले सरकारी विद्यालय बिगारे”– शिक्षक अभियन्ता संस्थापक प्र. अ. कर्ण

दुधौली न्युज सम्वाददाता

        दुधौली / केही वर्ष याता सामुदायिक विद्यालयको गुणस्तर खस्कदैै जानुमा राजनीतिक नै प्रमुख कारण भएको शिक्षा अभियन्ता तथा मावि लदाभिरका संस्थापक प्रधानाध्यापक राजवंशी लाल कर्णले बताउनु भयो । विद्यालयमा आउने अबोध कलिला बालबालिकाहरूको भविष्य माथि खेलबाड गरेर शिक्षकहरू पार्टीको झोला च्यापेर नेताको पछि लागेर शैक्षिक गुणस्तर खस्कदै गएको प्रधानाध्यापक कर्णको भनाई थियो । दुधौली एफएमको बहसमूलक कार्यक्रम खुल्ला मञ्चमा कुराकानी गर्नु हुँदै संस्थापक प्रधानाध्यापक कर्णले उक्त कुरा बताउनु भएको हो ।

      पछिल्लो शैक्षिक गुणस्तर खस्कनुमा अभिभावक तथा समाज पनि अछुतो नरहेको भन्दै सबै भन्दा बढि शिक्षकहरू कै भएको बताउनु भयो । शिक्षा भनेको समाजको ऐना समाज परिवर्तनको संवाहक भएको कारण विद्यालयको केही शिक्षकहरूले चाहेमा समाजको स्वरूप परिवर्तन हुन सक्ने उहाँले बताउनु भयो ।

       विक्रम सम्वत् २०१५ सालको त्यो समाजको उदाहरण दिनु हुँदै उहाँले भन्नु भयो पञ्चायत कालमा जस्तो असहजता छैन अहिले सबै शिक्षित र ज्ञानी भएको कारण पनि समाजलाई कता र कुन बाटो लैजाने भनेर शिक्षकहरूले सोचेर अभिभावकहरू समक्ष पुग्नु जरुरी रहेको पनि प्रधानाध्यापक राजवंशी लाल बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!