यो बर्ष २०८० दुधौली नगरपारपालिकाको कस्तो रह्यो ? के भयो के भएन ?


रोहित कुमार गुरुङ/ रबिन्द्र भट्टराई

दुधौली/ सिन्धुलीको दुधौली नगरपालिकामा यो २०८० सालमा केके भयो त ? वषेशगरी दुधौली नगरवासीको अभिभावकको रुपमा रहेको दुधौली नगरपालिकाको सेवा प्रवाहको रुपमा हेर्ने हो भने यो वर्ष सामान्य जनगुनासो बाहेक सकरात्मक नै रह्यो ।
२०८० सालमा सबै भन्दा दुःखद भनेको सर्प दंशको कारण दुधौली १ गिजियानीका एकै घरका कलिला २ बलक गुमाउनु प¥यो । त्यसै गरी दुधौली नगरपालिका १० मा पनि एक जना महिला र एक जना बालकलाई गुमाउनु प¥यो । अधि हुरी बाढी पहिरो आगलागि जस्ता प्रकृतिक बिपत्तिले पनि दुधौलीमा स्थानियहरुले त्यतिकै मात्रामा सास्ति खेप्नु परेको तथ्याङ्कले देखाएको छ ।
स्वास्थ्या क्षेत्र
प्रधान मन्त्रि पुष्पकमल माहाल प्रचण्ड द्वारा दुधौली नगर असपतालको उद्घाटन पस्चात दुधौलीको स्वस्थ्या क्षेत्रमा बिशेष सुधार देखिएको छ । दुधौली नगरपालिकामा यो वर्ष अरु क्षेत्र भन्दा स्वास्थ्य सेवामा केहि परिवर्तनका आभासहरु अनुभव रहेको स्थानीयले गरेका छन् । विशेषज्ञ चिकित्सक सहित नगर अस्पतालको सेवा प्रवाहले नगरपालिकाको स्वास्थ्य सेवामा केहि सुधार ल्याएको हो । दुधौली नगरपालिका प्रमुख –उप प्रमुख आफै संघ प्रदेश र बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसकारी संस्थाहरु संँग राखेको प्रस्तावले पनि राम्रो नतिजा प्राप्त गरेको छ । सान्ति मेड नेपाल फर स्विजर्डल्याण्ड, लायन्स क्लब, रोटरी क्लव, हिक्याव लगायत बिभिन्न गैर सरकारी संस्थाको सहकार्यमा दुधौलीको स्थानियहरुमा स्वास्थ्य क्षेत्र प्रति आशा पलाएको छ । दुधौली नगर अस्पालमा बिभिन्न रोगका विशेषयज्ञ डाक्टरहरुबाट उपचार सुरु हुन थालेको छ ।
सुरक्षा
दुधौली नगर पालिकाले याहि बर्ष सुरक्षाको प्रत्याभुती दिलाउने उद्देश्यले सिसि क्यामेरा, मुख्य स्थानहरुमा सडक वत्ती जडान गरीएको छ । समय समयमा हुने दुधौली नगरपालिकाका नगर प्रहरी र नेपाल प्रहरीहरुको सुक्ष्म निगरानी र रात्रिकालिन घुम्ति सुरक्षा सेवाको कारण गत बर्षको तुलनामा यो बर्ष सुरक्षीत भएको स्थानियहरुले आभास गरेका छन् ।
   शिक्षा
२०८० को पुुर्वाधमा दुधौली नगरपालिकाको शिक्षा क्षेत्र निकै बिवाद र आलोचनामा गुज्रनु प¥यो । शिक्षाको हकमा यो वर्र्षको सुरुवातका विवाधित भएको भएतापनी वर्षको अन्त्यमा भने केहि सुधार हुने भएको छ । दुधौलीको शिक्षा शाखा जागिर लगाउने थालोको रुपमा चित्रित हुदैँ आएकोमा पछिल्लो समय केहि सुधार देखिएको छ । बिशेष गरी यो सालको उतरार्धमा शिक्षाको क्षेत्रमा देखिएको परिवर्तनले निरन्तरता पाउने हो भने दुधौलीको शिक्षाकोनतिजा सकारात्मक आउने अभिभावकहरुले बिश्वास लिएको छ ।
बाल मैत्रि वडा घोषणा भएको छ । दुधौली नगरपालिका वडा नम्बर १ वडालाई पनि यो बर्षको अन्तिम तिर बाल मैत्रि वडा घोषण गरेके छ । त्यसै गरी वडा नम्बर ६ ले पनि बाल मैत्रि वडा घोषणाको तयारी गरी रहेको छ । जस्को लागि वडा कार्यलयले आवस्यक सुचांकहरु तयारी गरीरहेको वडा अध्यक्षले बताउनु भएको छ ।
कृषि तथा पशु

सिन्धुलीको ९ वटै स्थानिय तह मध्य दुधौली नगरपालिका कृषि क्षेत्रमा प्रवल सम्भावना भएको पालिका मासनन्छ । कृषि क्षेत्र कै कुरा गर्दा लामो समय हार गुहार र सहयोगको याचना गर्दै बसेको प्रदेशको गौरवको योजना चक्ला बन्दिले केहि राहत पाउने संकेत देखिएको छ । जस्को लागि दुधौली नगरपालिकाले प्रदेश सरकार र सहकारीसँगको सहजीकरण गरेर छिटै निकास दिने तयारी गरेको छ ।
कृषि क्षेत्र कै कुरा गर्दा माटो परिक्षण विऊविजन वितरण लगाएत केहि सुधारका पक्ष देखिएको भए पनि स्थानिय स्तर मै बिउ बिचन उत्पादन गरेर उत्पादन क.मुखी कार्यक्रममा केहि सुधार गर्नु पर्ने देखिएको छ । दुधौली नगरपालिकाको कृषि तथा पशु क्षेत्रमा सरकार भन्दा पनि गैरसकारी हावी भएको भन्ने जनगुनासासोबाट यो बर्ष अछुतो रहन सकेन। यद्धपी कृषिलाई अझै व्यवस्थित बनाउनु पर्ने देखिउको छ ।
केहि आलोचनाको बावजुत दुधौली नगरपालिकाले गैर सरकारी संस्थाहरु सँगको सहकार्यमा गरेको साझेदारी आयोजनाले यो बर्ष देखि दुधौलीमा सकारात्मक उपलब्धी देखाउन थालेको छ । जसमा हेफर संगको साझेदारीेले दुधौलीका कृषकहरुमा व्यवसायीक कृषि पेशामा लागेर आत्मा निर्भर हुन तर्फ उत्प्रेरणा जगाएको छ । दुधौली नगरपालिका र हेफरको साझेदारी कार्यक्रमले स्थानिय महिलाहरुलाई समुहगत शक्तिमा परिवर्तन गरेर आयआर्जन तर्फ उत्प्रेरणा दिएको छ ।
यसै कारण पनि पशु क्षेत्रमा बिभिन्न शिविरको आयोजनाले पशुपालक कृषकहरुलाई राहतको महशुस भएको छ । यसै बर्ष दुधौलीका वडाहरुमा आधारभुत तालिम प्राप्त पशु प्राविधिकहरुको व्यवस्था गरेको छ ।
प्रधान मन्त्री स्व रोजगार
प्रधानमन्त्री स्वरोजगार शाखाले यो बर्ष गत बर्षको तुलनामा उल्ल्ेख्य परिणममा कार्य गरेको छ । यो बर्ष नतिजा लक्षित कार्यले परिमाण सँगै परिणाम पनि देखिएको छ । बिशेष गरी दुधौली नगरपालिका वडा कार्यालयहरु संगको सहकार्यमा गरेको योजनाका कामहरुले अर्थ पूर्ण भएको वडा अध्यक्षहरुले बताउनु भएको छ ।
खानेपानी
यो वर्ष दुधौली नगरपालिकाले सरसफाई क्षेत्रमा भने त्यति सकारात्मक नतिजा ल्याउन सकेन तथापी केहि काम भने भईरहेको छ । उता खानेपानी क्षेत्रमा भने केहि प्रयास नगरपालिकाले गरेपनि त्यो नतिजा मुखी हुन सकेन । दुधौली ९ को खिरियानी नर्कथटे, दुधौली ११ को धनसरी मैनीमा ट्याङ्किको निर्माण भए पनि सञ्चालन हुन नसक्दा समस्या भएको छ । यसलाई सञ्चालनका लागि नगरपालिकाले तादरुपता देखाउन आवश्यक रहको छ । नगरपालिकाले नगरमा रहेका भुमिहिन, दलित र अव्यववस्थित वसोवासीहरुलाई लालपुर्जा वितरण को काम भने उल्लेखनिय देखिएको छ ।
राजस्व
दुधौली नगरपालिकले राकजस्व क्षेत्रमा उल्लेख्य मात्रामा नतिजा हासिल गर्न नसके पनि केहि प्रकयाहरुमा क्रमिक रुपमा सुधार भईरहेको छ । दुधौलीमा नियमित बजार अनुगमन तथा व्यवसायिक दर्तालाई प्राथामितामा दिइएको पाईएको छ । घरेलु कार्यालय र स्थानिय तहले चरण बद्ध रुपमा संयुक्त र छुट्टै भएको निरन्तर अनुगमनले उपभोक्ता र व्यवसायीहरुलाई सचेत गराएको छ । यहि बर्ष दुधौलीले बजार अनुगमन गर्दा दण्ड सजाए हुने कानुन समेत पास गरेको छ । दुधौलीका सबै स्थनियहरुलाई नियमपुर्वक रुपमा करको दायरामा ल्याउन निरन्तर लागि परेको छ ।
दुधौली नगरपालिका मै पहिलो प्राण प्रतिष्ठा भएको मन्दिर निर्माण

सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ८ सालघारीमा पालिका कै पहिलो प्राण प्रतिष्ठा गरेर मन्दिरको उद्घाटन भएको छ । हिन्दु परम्परा अनुसार मन्दिरको मुर्तिलाई बिधिवत रुपमा सबै बिधिबिधान अपनाएर प्राण प्रतिष्ठा गरेको हो ।
यो मन्दिरको बिशेषता भनेको पालिका मै पहिलो काठमाण्डौको टुडाल प्रयोग संगै आखि झ्यालको प्रयोग गरेको छ । त्यसै गरी यो मन्दिरमा धेरै लगानी स्थानियहरुको रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
बिद्युत सव स्टेशन सुचारु
लामो समय दुधौली नगरवासीको पर्खाइको अर्को बिषय भनेको बिद्युत पनि एक हो । दुधौली नगरपालिकामा बिद्यूतको खपत बढिरहेको बेला बिद्युतको लागि आवस्यक रहेको बिद्युत सव स्टेशन यसै बर्ष देखि संचालनमा खाएको छ । यो सब स्टेशनको बिधिवत उद्घाटन नभएको भए पनि । यो पूर्ण रुपमा संचालनमा आएको बिद्युत प्रधिकाण सिन्धुलीले जनाएको छ ।

समग्रमा यो बर्ष दुधौली नगरपालिका समग्र राम्रै काम गरेको भए तापनि जन अपेक्षित निति नियमहरु हुन नसेको गुनासोहरु आई रहेकै छ । कर्मचारी तथा शिक्षक समायोजनको कुराले अझै
मुर्त रुप लिन नसकेको गुनासो आइरहेको छ । लक्षि बर्गको लागि अझै पनि स्थानिय तहले समानता र समताको भेद नबुझेको हो की भन्ने गुनासोहरु आएको छ । भने बाल मैत्रि र अपाङ्ख मैत्रि पालिका नहुँदा समस्या परेको गनासो पनि आई नै रहेको छ ।
। अझै स्थानिय सरकारले सबैको सल्लाहा सुभाव संङ्गकलन गरेर आफ्नै स्वबिवेकले नगर बिकास उत्पादन संगँ जोडई दिनु पर्ने आवस्यता देखिएको छ ।
तपाईहरुसंग पनि अझै त्यस्तो यो बर्ष भएको महत्वपूर्ण कामहरुको फेहस्ति छन भने हामी अर्को अंकमा पुनः समेटने छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!