माटोमा सुधार ल्याउने उद्देश्यले किसानलाई कृषि चुन वितरण


४ बैशाख, २०८०
दुधौली न्यूज सम्बाददाता –
भलुवाही / सिन्धुलीको दुधौली नगरपालिकाको वडा नं. २ ले माटोमा सुधार ल्याउन किसानलाई कृषि चुन वितरण गरेको छ । माटो परीक्षणको नतिजाअनुसार वडा नं. २ का खेतीयोग्य जमिन बिग्रिएको अवस्थामा पाइएपछि माटोमा सुधार ल्याउन किसानलाई बैशाख ४ गते कृषि चुन वितरण गरिएको हो ।

पछिल्लो समय माटोको उर्वराशक्ति घट्दै गएकाले माटो उपचारका लागि २५ किलोग्रामका दरले १ सय ८३ जना किसानलाई कृषि चुन बाँडिएको दुधौली नगरपालिका वडा नं. २ का वडा अध्यक्ष रितेश राउतले बताउनु भयो । माटो तथा मल परीक्षण प्रयोगशाला बागमती प्रदेशको प्राविधिक सहयोगमा दुधौली नगरपालिकाको वडा नं. २ ले आयोजना गरेको माटो परिक्षण शिविर भएको थियो । उक्त परिक्षणको रिर्पोटको आधारमा कृषकहरूलाई कृषि चुन वितरण गरिएको हो ।

माटोमा सरदर अम्लीयपना ६.५ पिएच देखि ७ पिएसम्म हुँदा उत्पादका लागि राम्रो मानिन्छ तर यहाँ कतै ४ पिएच अम्लीयपना देखियो भने कतै ७ पिएचसम्म अम्लीयपनाको मात्रा भेटिएको कृषि प्राविधिक असिष अधिकारीले बताउनु भयो । अम्लीयना कम हुँदा माटोको अवस्थालाई खराब मानिन्छ भने बढी हुँदा पनि बिग्रिएको मानिन्छ, कृषि प्राविधिक अधिकारीको भनाई रहेको थियो ।’ उहाँले विशेष गरि तरकारी खेती भएको खेतबारीमा अम्लीयपन बढि देखिएको जानकारी दिनुभयो ।’

रासायनिक मल तथा विषादीको बढ्दो प्रयोग तथा बालि चक्र नअपनाउने जस्ता कारणले माटोमा अम्लीयना घट बढ हुन गई उर्वराशक्तिमा ह्रास आउने गरेको छ । माटोको अवस्था हेरेर एक रोपनीमा ३५ देखि ५० किलोको दरले कृषि चुन प्रयोग गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!