महिलाहरूले निःशुल्क स्वास्थ्य उपचार गराए


४ बैशाख, २०८०
दुधौली न्यूज सम्बाददाता –
भलुवाही / दुधौली नगरपालिका वडा नं. ९ र वडा नं. २ का ६ सय ८८ महिलाहरूले निःशुल्क स्वास्थ्य उपचार गराएका छन् । शिवरमा महिलाहरूको पाठेघर जाँच, आङ खस्ने समस्या, पाठेघरको मुखको क्यान्सरको नियन्त्रणका लागि निःशुल्क स्क्रिनीङ जाँच, उपचार र औषधी समेत वितरण गरेको थियो । शिविर बैशाख ४ गते भलुवाही र बैशाख ५ गते दुधौली स्वास्थ्य चौकीमा भएको थियो ।

ग्रामिण भेगका महिलाहरु आर्थिक अभावका कारण रोग लुकाएर बस्न बाध्य रहेको समयमा त्यस्ता महिलाहरुलाई लक्षित गरेर शिविरको आयोजना दुधौली नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । ग्रामिण भेगका महिलाहरु आर्थिक अभावका कारण रोग लुकाएर बस्न बाध्य रहेको समयमा त्यस्ता महिलाहरुलाई लक्षित गरेर शिविरको आयोजना गरेको वडा नं. २ का वडा अध्यक्ष रितेश राउतले बताउनु भयो ।महिलाहरुको पाठेघर सम्बन्धी उपचार शिविरको पहिलो प्राथमिकता हो । पाठेघरको मुखको क्यान्सरबाट बचाउने शिविरको मुख्य उद्देश्य रहेको दुधौल्ी नगरपालिकाका सिनियर नर्स ववि अधिकारीले बताउनु भयो ।

सामान्य उपचर गर्न पनि आर्थिक अभावमा जान नसक्ने अवस्थामा आफ्नै गाउँघरमा शिविर आउदाँ आफुहरुलाई खुशि लागेको वडा नं. २ की ढगमाया विश्वकर्माको भनाई छ । दुधौली २ भलुवाहीमा महिलाहरुका लागि भएको निःशुल्क स्वास्थ्य शिविरमा ३ सय ८५ जना सेवाग्राहीले सेवा लिएका छन् । जसमा ५ जनालाई आ खस्ने समस्या देखिएको र उनिहरूलाई अपरेसनकालागि छनो भएको र उनिहरूलाई निशुल्क उपचार गरिने सामाुदायिक सेवा प्रतिष्ठान नेपालका हरीहर उप्रेतीले बताउनु भयो ।

महिलाहरूको पाठेघर सम्बन्धी उपचार शिविरको पहिलो प्राथमिकता हो । पाठेघरको मुखको क्यान्सरबाट बचाउने शिविरको मुख्य उद्देश्य रहेको दुधौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जगदिश मण्डलले बताउनु भयो । सामान्य उपचर गर्न पनि आर्थिक अभावमा जान नसक्ने अवस्थामा आफ्नै गाउँघरमा शिविर आउदाँ आफुहरूलाई खुशि लागेको सेवा ग्राहिको भनाई रहेको छ । वडा नं. ९ मा भएको शिविरमा १० जनालाई आ खस्ने समस्या देखिएको र उनिहरुलाई अपरेसनकालागि छनोट भएको र उनीहरुलाई निशुल्क उपचार गरिने सामाुदायिक सेवा प्रतिष्ठान नेपालका उप्रेतीले बताउनु भयो ।

नगरपालिकाको स्वास्थ्य शाखाको सहजिकरण र सामाुदायिक सेवा प्रतिष्ठान नेपालको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । दुधौली नगरपालिका वडा नं. २ मा भएको थियो । त्यहाँ ३ सय ८५ जना महिलाहरूले स्वास्थ्य उपचार गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!