बार्सिलोनामा विदेशी पर्यटकलाई नेपालीहरुले दिए भरतपुर भ्रमणको निम्तो


११ बैशाख, २०८१
जसमान दर्नाल जीवन –
जर्मनी । भरतपुर भ्रमणका लागि स्पेनमा रहेका नेपालीहरूले यहाँका नागरिकहरूलाई निम्तो दिएका छन्। बार्सिलोना स्थित साग्रदा फामिलिया अगाडि नेपाली जन प्रगतिशील मञ्च स्पेनले आयोजना गरेको ‘नेपाल पर्यटन प्रवर्द्धन तथा नेपाली नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम’ मा नेपालीहरूले भ्रमणको निम्तो बाँडेका हुन्। उनीहरुले चार सय बढी विदेशी पर्यटकलाई भरतपुर भ्रमण वर्षको पीन समेत हस्तान्तरण गर्दै गन्तव्यबारे जानकारी गराएका थिए।

  कार्यक्रममा नेपाली विभिन्न जातजाति, भाषा संस्कृति झल्केका तमु समुदाय, मगर समुदाय, तामाङ समुदाय, क्षेत्री समुदाय, आर्य खस समुदाय, मोना स्पेन, नेपाली पाठशालाका स–साना कलाकार नानि बाबुहरूले आ–आफ्नो प्रस्तुतिहरू दिएका थिए। सो कार्यक्रम करिब १० हजार पर्यटकले अवलोकन गरेको नेपाली जनप्रगतिशिल मन्च स्पेनका महासचिव तथा कार्यक्रमका संयोजक सूर्य प्रसाद सापकोटा धिरजले जानकारी दिए। सांस्कृतिक कार्यक्रम सहित नेपाल पर्यटन बोर्डले तयार गरेका नेपालका गन्तव्य सम्बन्धी प्रचार सामाग्रीहरू, भरतपुर महानगरपालिकाले तयार गरेका भिजिट भरतपुर २०२४ सम्बन्धी प्रचार सामाग्री, झन्डा, पोष्टर, लोगो, पम्पेलहरू, भिजिट नेपाल लेखेका टिसर्टहरू, पोस्टरहरू, नेपाली झन्डा, ढाका टोपी सहितका स्टलमा विदेशी पर्यटकको बाक्लो भिड देखिएको थिए।

दैनिक हजारौ विदेशी पर्यटकहरूको भिड लाग्ने साग्रदा फामिलिया चर्च अगाडि खुल्ला आकाश मुनि आयोजित कार्यक्रम दिनको चार बजे बाट सुरू भएको थियो। कार्यक्रमको मुख्य आकर्षणमा नेपाली विभिन्न जातजाती , भाषा संस्कृति झल्केका तमु समुदाय, मगर समुदाय,तामागं समुदाय, क्षेत्री समुदाय, आर्य खस समुदायहरू, मोना स्पेन ,नेपाली पाठशालाका साना साना कलाकार नानिबावुहरूले आ आफ्नो प्रस्तुतीहरू देखाउनुभएको थियो भने बिभिन्न नेपाली पोशाकमा उपस्थित नेपालीहरूले नेपाली राष्ट्रिय गित गाउदा हजारौ पर्यटकहरूले तालि बजाएर स्वागत गरेका थिए भने नेपाली गित बज्दा नाचीरहेका थिए। नेपाली खानाहरूको परिकार सहित स्टल रहेको कार्यक्रमा विभिन्न मुलुकका र स्पेनका गरि करिव १० हजार पर्यटकहरूले अवलोकन गरेको नेपाली जनप्रगतिशील मंच स्पेनका महासचिव तथा कार्यक्रमका संयोजक सुर्य प्रसाद सापकोटा धिरजले बताउनु भयो। कार्यक्रममा सास्कृतिक कार्यक्रमको साथमा नेपाल पर्यटन बोर्डले तयार गरेका नेपाल सम्बन्धि प्रचार सामाग्रीहरू , भरतपुर महानगरपालीकाले तयार गरेका भिजिट भरतपुर २०२४ सम्बन्धि प्रचार सामाग्रीहरू झन्डा, पोष्टर, लोगो , पम्पेलहरू ,भिजिट नेपाल लेखेका टिसर्ट

 

हरू ,पोस्टरहरू , नेपाली झन्डा , ढाका टोपी पनि स्टल बाट पर्यटकहरूलाई वितरण तथा जानकारीको लागि राखिएको र नेपाल भ्रमण र भरतपुर भ्रमणका लागी पर्यटकहरूलाई निमन्त्रणा गरेको नेपाली जनप्रगतिशील मंच स्पेनका अध्यक्ष विशाल ढुंगानाले जानकारी दिनुभयो।

विभिन्न समयमा नेपाल पर्यटन प्रवर्द्धन सम्बन्धि कार्यक्रमहरू विभिन्न संघ संस्थाहरूले स्पेनमा गरिरहेता पनि बार्सिलोना नगर पालिका संग सहकार्य गरेर खुल्ला रूपमा यति धेरै जनसहभागिता माझ सन् २०१८ देखि गर्दै आईरहेको यो नै एैतिहासिक कार्यक्रम हो जसको सम्पूर्ण संयोजन नेपाली जनप्रगतिशील मंच र बार्सिलोना नगरपालिकाको सांस्कृतिक विभागले गरेको थियो भने कार्यक्रमको संचालन लोकप्रिय गायिका तथा उद्घोशक समि गुरूगंले गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!