दुधौली नेकपा माओवादी पार्टीले मनाए जनयुद्ध २९ औँ जनयुद्ध दिवस

दुधौली न्युज सम्वाददाता

        दुधौली / आज फागुन १ गते अर्थात् नेकपा माओवादी पार्टीले आज २९ औँ जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरी मनाएका छन् । २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको दिनको स्मरणमा माओवादीहरूले जनयुद्ध दिवस मनाउने गर्दछन् ।

    दिवसको अवसरमा आज नेकपा माओवादी दुधौली नगर कमिटीले पनि दुधौलीमा शुभकामना आदान प्रदान गरी मनाएका छन् । नेकपा माओवादी केन्द्रका पार्टी कार्यालयको हलमा दुधौली नगर कमिटी अध्यक्ष दीपक खड्काको अध्यक्षता तथा नेकपा माओवादी पार्टीका प्रदेश कमिटी सदस्य तथा नगर कमिटी इन्चार्ज घनश्याम बस्नेतको प्रमुख आतिथ्ययतामा कार्यक्रमको आयोना भएको थियो ।

        कार्यक्रममा अधिकांश बक्ताहरूले नेता नेतृत्व जनता सम्म पुगेर पार्टीले गरेको यथार्थ कामको बारेमा भन्न नसकेको गुनासो गर्नु भयो । पार्टीले स्थानीय प्रदेश देखि देशको नेतृत्व गरेको छ तर पनि सरकारले गरेको सकारात्मक कामको बारेमा सहि र सत्य कुरा जनता र कार्यकर्ता समक्ष पु¥याउन नसकेको बताउनु भयो ।

         शुभकामना आदान प्रदानको क्रममा शुभकामना दिनु हुने अधिकांश नेताहरूले जन युद्धको ति बिर योद्धा सहिदहरूलाई ३ सय ३५ दिनमा एक दिन मात्रै सम्झने अन्य दिनमा बिर्सन थालेको भन्दै चिन्ता व्यक्त गरेका थिए । कालो तानासाही शासनलाई परिवर्तन गरी यो स्वतन्त्रता र संघियता ल्याउन खेलेको योद्धा सहिदहरूको सपना अझै पुरा नभएकोमा दुधौलीका माओवादी नेताहरूले चिन्ता व्यक्त गरेको थियो ।

          शुभकामना कार्यक्रममा जनयुद्धको समयमा शाहदात प्राप्त गर्नु भएको ६ जना शहिदहरूको तस्विरमा अबिर र माल्यार्पण गरी सम्झेना गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!