दुधौली नगरपालिकाको समुदायिक बिद्यालयहरुले आज देखि बिद्यार्थी भर्ना अभियान सुरु,

दुधौली न्युज सम्वाददाता

     दुधौली / नयाँ शैक्षिक सत्र सुरु भएसँगै प्रत्येक वर्षहरूमा जस्तै यस वर्ष पनि विद्यार्थी भर्ना अभियान सुरु गरको छ ।  सिन्धुलीको दुधौली नगरपालिका भित्रका सबै विद्यालयहरूले अभिभावकहरूको घर घरमै पुगेर अभियान सुरु गरेको हो । “ सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय प्राप्तिको सुनिश्चतता ” भन्ने मूल नारा बोकेर पालिका भित्रका शिक्षक तथा कर्मचारीहरूले अभियान सुरु गरेको छ ।

       विद्यालय बाहिर रहेका ५ देखि १२ वर्षसम्मका बालबालिकालाई विद्यालयमा ल्याउने उपदेश्यले यो अभियान सुरु गरेको शिक्षा शाखा दुधौलीका फोकल प्रदर्शन लाल बहादुर कार्कीले बताउनु भयो ।

    विशेष गरी दुधौली नगर भित्रका दनुवार, माझी र मुसहर, डोम जस्ता समुदाय .लाई लक्षित गरेर अभियान लैजाने कार्कीले बताउनु भयो । विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको मूल प्रवाहमा ल्याउन भर्ना अभियान सुरु गरेको बताउँदै उहाँले भर्ना अभियान सफल तुल्याउनका लागि सबैको सहयोग आवश्यक रहेको बताउनु भयो ।

    भर्ना अभियानको सुरुवात दिन मै पालिकाको केही विद्यालयहरूमा भर्ना हुन आईरहेको विद्यालयका प्रधानाध्यापकहरूले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!