दुधौली नगरको कन्चन सफा र स्वच्छ लखीमा खोला फोहोरी ढलमा परिणत हुँदै

–रोहित कुमार गुरुङ

       दुधौली / दुधौली नगरपालिकाको मुख्य बजार आवत जावत गर्ने जो केही पनि लखीमा खोला बारे जानकार नै छन् । कुनै समय माछा मार्ने नुहाइ धुवाई गर्ने यो खोला बिस्तारै फोहोर खोलाको रूपमा परिणत हुन थालेको छ । केही वर्ष पहिले सम्म कन्चन सफा र स्वच्छ पानी बगी रहेको यो लखीमा खोला हिजो आज धमिलो, फिँजै फिँज हुन थालेको छ ।

     अझै दुधौली बजारको सबै फोहोर पानी यसै खोला मै झर्न थले पछि लखीमा खोला बिस्तारै काठमाण्डौँको बागमती जस्तै फोहोर ढलमा परिणत हुने भएको हो । बजारको फोहोर मैला ढलको माध्यम हुँदै सबै फोहोर पानी लखीमा खोलामा झर्ने तयारी गरी रहदा समेत कसैको ध्यान नगएको भन्दै स्थानीयहरूले चिन्ता व्यक्त गरेका छन् ।

      दुधौली नगरपालिका वडा नम्बर ९ को रुदल चोक, लदाभिरको स्याम अधिकारी घर अगाडी, दुधौली बजारको चोकबाट रमजानकी स्कुल र हनुमान बजार बिहिवारे हाट हुँदै लखीमा खोलामा बजारको ढल झार्ने तयारी गरीरहेको छन् । वातावरणीय हिसाबले पनि मानवले फालेको फोहर पानी अर्थात् ढल खोलामा फाल्न नहुँने वातावरण वीधहरूको भनाई रहेको छ ।

      फोहोर सदुपयोग गर्ने विभिन्न उपाय हुँदा हुँदै सजिलोको लागि भन्दै प्राकृतिक सौन्दर्य बोकेको खोलमा ढल फाल्ना कार्य हतारको निर्णयले फुर्सदमा पछुतो हुँने उनिहरूको भनाई रहेको छ । दुधौली नगरपालिका वडा नम्बर १० को रातमाटे हुँदै घयलफोरा, लखनपुर, कट्टि लखनपुर हुँदै बग्ने करिब ८ किलोमिटर लम्काईको यो खोलाले धेरै किसानहरूको खेतबारीमा सिचाई र सरसफाइमा सहयोग पु¥याउदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!