दुधौलीको मा.वि. लदाभिर नमुना विद्यालय घोषणा तथा सम्मान,

दुधौली न्युज सम्वाददाता

           दुधौली/ सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ९ मा रहेको श्री मावि लदाभिर आज नमुना विद्यालयको रूपमा घोषण भएको छ । विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य गोमा कुमारी कटुवालको अध्यक्षता तथा दुधौली नगरपालिकाका नगरप्रमुख दिनेश अधिकारी दनुवारको प्रमुख अतिथियतामा कार्यक्रमको आयोजना भएको थियो ।

                 त्यसैगरी नगरपालिकाका उप प्रमुख चन्द्र किशोर थारू, पालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक ढकालका साथै विद्यालयका संस्थापक प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूका साथै, पालिकाका जनप्रतिनिधिहरू, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि, शिक्षकहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयका संस्थापक प्रधानाध्यापक राजबंशीलाल कर्णको साथै पूर्व प्रधानाध्यापक, पूर्व शिक्षकहरूलाई सम्मान गरेको थिए ।

         त्यसैगरी यसै वर्ष देखि विद्यालयले वार्षिक रूपमा स्मारिका प्रकाशन गर्ने उदेश्यका साथ लदाभिर आवाज पुस्तकको विमोचन भएको थियो। आज भएको कार्यक्रममा विद्यालयमा एक वर्ष सम्म उत्कृष्ट कार्य सम्पन्न गर्नु हुने शिक्षकहरूलाई बर्षो उत्कृष्ट पुरस्कार तथा सम्मान समेत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!