दुधौलीको माथिल्लो ३ वडामा किसान सूचिकरण अन्तर्गत डाटा प्रविष्टीकारणको कार्यक्रम सुचारु

दुधौली न्युज सम्वाददाता

      दुधौली / सिन्धुलीको दुधौली नगरपालिकाले पालिका भित्रको बाकी वडाहरूमा पुनः किसान सूचिकरण अन्तर्गत डाटा प्रविष्टीकारणको कार्यक्रम गरेको छ ।

      पालिकाले माथिल्लो ३ वटा वडाहरू वडा नम्बर १२, १३ र १४ मा यो यही बैशाख १२ गते देखि सूचिकरण गरिने नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत दीपक ढकालले बताउनु भयो । सूचिकरणका लागि फिल्ड सहजकर्ताहरूलाई बैशाख ९ गते देखि १० गते सम्म तालिममा सहभागी गराई वडा कार्यालयमा खटाएको तालिम संयोजक तथा पशु सेवा शाखाका फोकल पर्सन नम्रजय अधिकारी दनुवारले बताउनु भयो ।

      नेपाल सरकार कृषि तथा पशुपक्षी विकाश मन्त्रालय मातहतमा भईरहेको यो कार्यक्रमले किसानको यथार्थ तथ्याङ्क निकलेर वर्गीकरण गरिने र सोही आधारमा किसानले प्राप्त गर्ने अनुदान तथा मल बिउ वितरणमा समेत प्रभावकारी गर्न सहजता हुँने प्रमुख प्रशासकीय अधिकृत ढकालले बताउनु भयो ।

पशु सेवा शाखाका फोकल पर्सन नम्रजय अधिकारी दनुवारको संयोजकत्वमा भएको किसान सूचिकरण अन्तर्गत डाटा प्रविष्टीकारणको कार्यक्रमको तालिमलाई तालिम संयोजक अधिकारी सँगै कृषि शाखा दुधौलीका फोकल पर्सन खिल बहादुर बुढाथोकी (दिनेश) द्वारा सहजीकरण गर्नु भएको थियो ।

बैशाख १२ गते देखि सुरु हुने सूचिकरणको कार्यक्रममा वडा नम्बर १२ को लागि मेनुका कुमारी भट्टराई र प्रमीला मोक्तान, वडा न १३ को लागि दुर्गा लामिछाने मगर र सीता पौडेल र वडा नम्बर १४ मा अनिल राना मगर र हिरा माया तामाङले सहजीकरण गरीने फोकल पर्सन दनुवारले बताउनु भयो ।

दुधौली नगरपालिकाले गत आर्थिक वर्षमा पालिकाको तलको ११ वटा वडाहरूमा यो कार्यक्रम समापन गरी सकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!