दुधौलीको गुरुङको मतान (गोठ) मा आगलागी, करिब ३ लाखको क्षति

दुधौली न्युज सम्वाददाता

      दुधौली/ सिन्धुलीको दुधौली नगरपालिका ९ स्थित शिव गुरुङको मतान (गोठ) मा आगलागी भएको छ । दुधौली ९ को नर्कटे टोलमा भएको मतानमा आगलागी हुँदा तीन लाख भन्दा माथिको क्षति भएको प्रहरी कार्यालय दुधौलीले जनाएको छ । भैँसीलाई खुवाउने खोले पकाउने क्रममा आगो लागेको हुन सक्ने मतान धनी गुरुङले बताउनु भयो ।

       आफू बाख्रालाई घास काट्न खेतमा गएको समयमा आगोको धुवाको मुस्लो देखेर आउदा आफ्नै गोठमा आगो लागेको देखेको गरुङले बताउनु भयो । आगलागीबाट गोठमा भएको काठ पात, घास काट्ने चापटर मोटर, पराल लगाएत केही अन्न समेत जलेर नष्ट भएको छ ।

साँझ करिब ५ बजेको समयमा लागेको आगो दुधौली नगरपालिकाको नगर प्रहरी सहितको दमकल र स्थानीय तथा प्रहरीहरूको सकृयतामा नियन्त्रण भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!