घरेलु तथा साना उद्योगद्धारा जिल्लाभरका ८७ उद्यमीहरुलाई प्रबिधि हस्तान्तरण


जेष्ठ ३१ गते
दुधौली न्युज सम्वाददाता

दुधौली/ घरेलु तथा साना उद्योग कार्यलय सिन्धुलीद्धारा जिल्लाका विभिन्न उद्यमीहरुलाई नयाँ तथा उद्यमी मैत्री प्रबिधि हस्तान्तरण भएको छ । घरेलु तथा साना उद्योग कार्यलय सिन्धुलीको प्राङ्गणमा आज एक कार्यक्रम गरी प्रबिधि तथा औजार हस्तान्तरण गरेको हो । जिल्लाका बिभिन्न स्थानहरुमा दर्ता भएका साना तथा घरेलु उद्योगका उद्यमी व्यवसायीहरुले दिएको निवेदनको आधारमा छनोट प्रकृयाद्धारा आज प्रबिधि हस्तान्तरण भएको हो । कार्यलयले निकालेका सूचनाको आधारमा जिला भरबाट १ सय ३२ उद्यमीहरुले दिएको निवेदनलाई अनुगमन तथा कार्य क्षमता नम्बरको आधारमा ८७ उद्यमी व्यवसासयीले प्रविधि प्राप्त गरेको हो ।

                 उद्यमी र कार्यालय बीच प्रविधि हस्तान्तरण कार्यविधि , २०७७ को अनुसूची ३ बमोजिम सम्झौता गरी प्रविधि हस्तान्तरण गरिएको घरेलु तथा साना उद्योग सिन्धुलीका प्रमुख प्रबिन श्रेष्ठले बताउनु भयो । यस आर्थिक बर्षमा हालसम्म ३१ जना उद्यमीलाइ प्रविधि हस्तान्तरण गरिसकेको र बाँकी उद्यमीलाइ पनि छिट्टै नै प्रविधि हस्तान्तरण गरिने पनि कार्यलय प्रमुख श्रेष्ठले बताउनु भयो ।

             आजको कार्यक्रममा उद्यमीहरुलाई प्रबिधि हस्तान्तरण गर्नु हुदै “ यो प्रबिधि हामीले बागमती प्रेदश, प्रविधि हस्तान्तरण कार्यविधि अनुसार एकपटक औजार तथा प्रविधि पाइसकेको उद्यमीले ३ वर्ष सम्म अर्र्को प्रविध नपाउने र पाँच वर्षसम्म उक्त प्रविधि बेचबिखन गर्न, हकहस्तान्तरण गर्न तथा भाडामा समेत लगाउन पाईने छैन ।” प्रमुख श्रेष्ठले उद्यमीहरुलाई बताउनु भयो । “एक पटक प्रविध, मेशिन र उपकरण पाइसकेपछि तीन वर्ष सम्म नपाउने कारणले पनि प्रत्येक वर्ष नयाँ उद्यमीले प्रविधि पाउने अवसर र संभावना बढी रहेको हुन्छ ।” उहाँले भन्नु भयो ।

             अनुदानमा आफुले लुगा सिलाउने मेसिन पाए पछि खुसी व्यक्त गर्दै दुधौली ४ की डिकामाया धामीले अबको केहि महिना मै राम्रो व्यवसायी बन्नो बताउनु भयो । उहाँले भन्नु भयो पहिला अति नै महंगोमा मेसिन औजार खरिद गर्नु पर्ने बाध्यता थियो । पछिल्लो समपय घरेलुको कार्यलयबाटै अनुदानमा सोचेको र चाहेको जस्तो प्रबिधि प्रप्त गरे पछि अत्यन्तै खुसी लागेको बताउनु भयो । कार्यलयले ७ एच पि को सानो टैलर, चल्ला निकाल्ने ह्याचरी मेसिन, लुगा सिलाउने मेसिन लगायत उद्यमीलाई आवश्यक औजार तथा प्रबिधि हस्तान्तरण गरेको कार्यलयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!