गरिब विपन्न समुदायलाई निःशुल्क विद्युत मिटर वितरण


१० बैशाख, २०८१
दुधौली न्यूज सम्बाददाता –
टाँडी । दुधौली नगरपालिका वडा नं. ११ ले अति विपन्न ३० जनालाई निःशुल्क विद्युत मिटर वितरण गरेको छ । छरछिमेकको घरबाट तार तानेर ल्याई विद्युत बालेका उनीहरूलाई निःशुल्क मिटर प्रदान गरिएको वडा नं. ११ का वडा अध्यक्ष पवन कार्कीले बताउनु भयो ।

वार्षिक स्वीकृत कार्यक्रमबाट विपन्नलाई विद्युत मिटर वितरण गर्नका लागि विनियोजन गरिएको एक लाख २० हजारमा रुपियाँबाट विद्युत मिटर वितरण गरिएको वडा सदस्य सन्तोष न्यौपानेले बताउनु भयो । उहाँले भन्नु भयो – “ १ लाख २० हजारले २९ जनालाई मात्र पुग्यो तर, हामी जनप्रतिनिधिहरुले रकम जम्मा गरेर १ जनालाई थप गरेका हौँ ।”

  विद्युत मिटर पाएपछि अरूको घरबाट तार तानेर ल्याउनुपर्ने अवस्थाको अन्त्य भएको मिटर प्राप्त गर्नेहरूले जनाएका छन् । आफ्नै घरमा विद्युत मिटर भएपछि छिमेकीहरुसँग हुने सामान्य विवादको पनि हल भएको र स्थानीय सरकार आफूहरूको साथमा रहेको अनुभूति भएको उहाँहरूको भनाइ छ । सोमबार वडा नं. ११ को कार्यालयमा एक कार्यक्रमको बिच विद्युत मिटर वितरण गरीएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!