गठबन्धनको घटक कांग्रेसले सिन्धुलीको सबै पालिकामा उमेदवारको टुङ्गो


दुधौली न्युज सम्बाददाता

दुधौली/  सिधुलीमा माओवादी केन्द्रसँगको चुनावी तालमेलमा कांग्रेसले पाएका स्थानीय तहको मुख्य उमेदवार टुङ्ग्याउने तयारीमा रहेको छ ।  सिन्धुलीको दुधौली नगरपालिका र कमलामाई नगरपालिका बाहेक अन्य स्थानिय तहमा उमेदवारको टुङ्गो लगाएको नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिका सभापती उपेन्द्र पोख्रेलले बताउनु भयो ।

कांग्रेसले पालिका प्रमुख पाएको तीनपाटन गाउँपालिकामा कर्णबहादुर मगर, फिक्कल गाउँपालिकामा नृप बहादुर भुजेल, गोलन्जोर गाउँपालिकामा पुष्प बहादुर कार्र्की, घ्याङलेख गाउँपालिकामा जगतबहादुर भोलनलाई पार्टीले उठाएको हो । त्यसै गरी उपप्रमुख पाएको सुनकोसी गाउँपालिकामा कपिल कोइराला, मरिण गाउँपालिकामा विमला माझी, हरिहरपुरगढीमा बम बहादुर स्याङ्बोलाई टिकट दिइएको नेपाली कांग्रेस सिन्धुलीका सहसचिव शेखर मिश्रले जानकारी दिनु भयो ।

कांग्रेसले पाएको कमलामाई नगरपालिकाको मेयर र दुधौली नगरपालिकाको उपमेयर भने बागमती प्रदेश संसदीय बोर्डले टुङ्याउने जिल्ला कार्य समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!