संघीय सांसद प्रदीप यादवको सम्पर्कमा रहेका सवैकाे रिपोर्ट नेगेटिभ, साेमवार देखी कायर्लय खुल्ने

कोभिड १९ संक्रमित वैज्ञानिक वन छानबिन अनुगमन उपसमितिका संयोजक एवं संघीय सांसद प्रदीप यादवको सम्पर्क रहेका सबैको आइतवार रिपोर्ट आएको छ । सनिवार जिल्ला अस्पताल सिन्धुलीमा स्वव संकलन गरिएका ४२ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

सम्पर्कमा रहेकाहरुलाई उच्च सर्तकता अपनाउदै सनिवार वेलुकी ४ वजे जिल्ला अस्पतालमा स्वाब संकलन गरिएकोमा ४२ जनाको रिर्पोट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार वन कार्यलयका प्रमुख, अन्य कर्मचारी, ड्राईभर, जनप्रतिनिधि र पत्रकारको समेत स्वव संकलन गरिएको थियो ।
वनको अवस्था बुझ्न उपसमितिका संयोजक एवं संघीय सांसद प्रदीप यादव सिन्धुली आएका थिए । उनि स्वव परिक्षण दिएर सिन्धुली आएका हुन् । उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएकाले जिल्ला बन कार्यलय सिल गरी सबै सेवाहरु बन्द गरिएको थियो । उनको सम्पर्कमा रहेका सवैको रिपोर्ट नेगेटिभ आए पछि सुचना निकालेर सोमबार देखीनै संचालनमा रहने गरि जिल्ला वन कार्यलय खुल्ने डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख नारायण श्रेष्ठले बताए । नारायणी अस्पताल वीरगन्जमा शुक्रबार गरिएको परीक्षणबाट सांसद यादवमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!