लाखौं निर्मला जिउँदै मरेका छन ,के गर्ने सरकार ?


१ असोज, २०७७

 विचार
नेपालमा लकडाउन हुनु भन्दा एक महिना अगाडि फाल्गुन पहिलो हप्ताको कुरा हो ,अनामनगर (अफिस ) बाट सदा झैँ साँझ पाँच बजे निस्किए पहिला भन्दा अलि हतारिदै । कारण थियो, भर्खरै विवाह गरेकी साथीलाई भेट्नु पर्ने । ६ बजे भेट्छु होला भन्ने आशमा हिडेकी म, काठमाडौको जामसङ्गै माइक्रोको ब्रेकले झ्याप्प–झ्याप्प रोक्दै साढे छ नै बजायो । उसलाई देख्नासाथ मेरो नजर उस्को शिरमा पर्यो । जहाँ परैबाट देखिने गरि सिन्दुर लगाएकी ऊ विगत भन्दा फरक देखिएकी थिइ । यति धेरै सिन्दुर ..? अनि फेरि मन–मनै सोचँ भर्खरै विवाह गरेको १६,१७ दिन भएर होला । तर उस्ले त ३ महिना पहिला भेट्दा ४ ,५ वर्ष अघि विवाह नगर्ने बताएकी थिइ । अनि अहिले यो उस्को रहर थियो हो कि बाध्यता ? सायद यो प्रश्न मैले उसलाई समय मिलाएर सोध्नु पर्छ ।

विवाह पुर्व ठिकै गर्ने ऊ अहिले मेरो व्यग्र प्रतीक्षामा थिइ । साथी अनि माइतिको कति माया लाग्दो रै’छ विवाह गरेर गएपछि ?
म सोचमग्न हुँदै उस्को छेउ पुगेँ । कहिलेकाही त लाग्छ प्रकाशको तिव्रता र हावाको वेग भन्दा छिटो हाम्रो दिमाग (माइन्ड) चल्छ होला, र त केहि सेकेन्डमै हजारौं कुराहरू सोच्न भ्याइन्छ । यस्तो नहुने हो भने उस्लाई देख्नासाथ यत्ति धेरै सोच कसरी आए होलान् मेरो मनमा ? यस्ता अनुत्तरित प्रश्न प्रत्येक मानिससँग नहोलान भन्न सकिन्न ।
सामान्य गफ हुँदै गर्दा बिचमा उस्ले, “ शर्मिला सुनन.. मलाई त बुढाले पहिलाको फेसबुक नचलाउनु.. को–को सङ्ग बोल्ने गरेकी थियौ होला ? अब थर फेरेर नयाँ आइडी बनाउनु भन्नु भयो है । कस्तो रिस उठ्यो भने, कत्ति न अरू केटासँग लभ नै परेको जस्तो विश्वास नहुनिले बिहे गर्छु भन्दै किन माग्न जानु ? “ एक्कै सासमा आफ्नु कुरा सकि । छेवैमा रहेका श्रीमानले भने श्रीमतीको उक्त कुरा हास्नु बाहेक कुनै प्रतिक्रिया जनाएनन् ।
नेपालको हिमाली जिल्लामा जन्मिएकी ऊ, विवाह गरेर काठमाडौकी स्थायी वासिन्दा बनेकी थिइ । सुनका गहनाले सजिएकी उस्को हातमा “आइफोन“ थियो । गाउँमा “भात” भनेर हुर्किएकी मान्छे अब “भुजा” भन्ने भइछ, “आएछन, गएछन” भन्ने बानी “आइस्यो, गइस्यो” मा परिवर्तन भएछ । केहि दिन अघिसम्म लोकल बस र माइक्रोमा कोचिएर यात्रा गर्ने दैनिकी अब श्रीमानको कुम समाएर बाइकको पछाडि बस्नेमा पुगेछ ।
उस्लाई हेर्दा लाग्छ धन दौलत र भौतिक सुख सुविधाको अभाव छैन ।
फेरि बिचमा प्रश्न त आइहाल्छ, अनि उस्को स्वतन्त्रता ?
यो त उस्ले पोते नामर्को डोरा’ र सिन्दुर नामर्को रङ्गिन’ छाप शरीरमा धारण गरे देखी नै सुम्पिसकी । त्यसैले त विवाहको भोलिपल्ट फोटा पोस्ट गर्न खोज्दा, थर फेरेर नयाँ आइडी चलाउने आदेश आयो ।
अब अर्की साथीको थोरै कुरा जोडौं । काठमाडौमा ब्याच्लर पढ्दैछे, जागिर केहि पनि छैन । देशमा भित्रीएको कोरोना र त्यसको रोकथामको लागि भनेर लगाइएको लकडाउनले उस्लाई पनि घर आउन बाध्य गरायो ।
हामी जस्तो उमेरका धेरै छोरीलाई यो समय बुबा–आमा सङ्गै बस्न पाउदाको खुसी भन्दा बढी आफ्नो भविष्य कता तिर जान्छ ? भनेर चिन्ता थपिदै गएको छ । तपाईंलाई लाग्यो होला सबैलाई कोरोनाले असर पुर्याएको छ, छोरीलाई मात्रै किन ? त्यसो होइन कुरा अलि फरक छ । त्यो समस्यासँग मेरी साथी लड्दैछे । उहि त हो हुर्कीदै बढ्दै गएकी छोरी भएपछि विवाहको कुरा चल्न थाल्यो । कुरा धेरै तिरबाट आयो त्यसमध्ये काभ्रेको बनेपा घर भएका मान्छे पनि परेछन् । उनीहरू धनी छन् रे त्यही भएर इज्जत धान्ने गरि सम्पत्ति दिए बिहे गर्ने केटा पक्षको भनाइ रहेछ । मेरी साथी भन्छे “बिहे गरेर पनि जानु रे त्यो माथी उनीहरूले भनेजति सम्पत्ति कस्ले सक्छ र ? ल भइहाल्यो सम्पत्ति दिएर बिहे त गरौंला पछी फेरि मेरो रुप, व्यवहार आदि इत्यादी कुरा मन परेन भनेर हेला ग¥यो वा छोड्यो भने मैले के गर्नु ? नजागिर न त पढाइ पुरा । बिहेको हतारो मलाई र हाम्रो घरलाई भन्दा पनि गाउँलेलाई बढी हुने रहेछ ।

यो कुरा हरु गरीरहदा म अर्को प्रसंगलाई पनि जोड्न मन लाग्यो ।
अब सहकर्मी वा पुरुष आफन्तसङ्ग बाइकमा हिड्दाको कुरा निकालौ । सुरुसुरुमा एक दुइ पटक सामान्य रुपमा अगाडि बढेको यात्रा बिस्तारै फेरिन थाल्छ । पहिला त्यही महिलाको बाइकमा बस्ने उहि बसाइ ठिक भइरहेको पुरुषलाई अब त्यो मन पर्दैन । अनि महिलालाई भन्न थाल्छन् “तपाईंको हेन ब्याग बिचमा नराख्नुस्न मलाई अप्ठ्यारो भयो, तपाईं धेरै पछाडि बस्नु भएको छ अगाडि आउनुन मलाई दह्रोसङ्ग समाएर बस्नुस नत्र लड्नु होला ।

            उस्को नियत महिलालाई दया गर्नु हुँदैन । हुन्छ त केवल महिलाको छाती (स्तन) ले आफ्नो ढाडमा स्पर्स गरेर चरम सन्तुष्टि प्राप्त गर्नु । यो कुरा बुझेर पनि कतिपय अवस्थामा महिलाले भन्न सकिरहेका छैनन् । के साच्चै महिलाको स्पर्स बिना पुरुषले बाइक चलाउनै सक्दैनन् ? वा महिलाले सधैं यस्ता हिंसालाई सामान्य रुपमा लिएर मात्रै बस्नु पर्ने हो ? अरू कोहि साथीलाई सुनाउँ अधिकांशले ह्या यस्तो सामान्य कुरा भन्दिन्छन् । प्रहरीलाई उजुरी गर्न जाउ भने धेरै ठुलो घटना पनि होइन । हाम्रो नेपाली समाजको मानसिकता भनेको दुःख, अन्याय, हिंसामा परेको बेला सहयोग गर्नु भन्दा बढी उक्त घटनाको विषयमा टिक्काटिप्पणी गर्ने गरिन्छ । अझ भनौं महिलाको नियत माथि नै संका गर्न थालिन्छ ।
यस्तो समस्याको कारण बुझेर पनि नबुझेको जस्तो गर्नु पर्ने बाध्यात्मक परिस्थिति हामी माझ रहिरहेको छ । यो सबै कुरा हरु लाइ अध्यन गर्ने हो भने प्रस्ट हुन्छ कि महिला हिंसा क्रमश भुसको आगो जस्तै हाम्रो समाजमा बढ्दै जान्छ, र त्यसको भागिदार हामी सबै छौं । हामिले सामान्य रूपमा भोगेको कुरा हरु नै हाम्रो स्वतन्त्रता को बाधक हो । अनि “महिलालाई स्वतन्त्र पुर्वक बाच्न पाउने व्यवस्था गर, बलात्कारीलाई फासी दे” भन्दै प्लेकार्ड बोकेर माइती घर लगाएत देशै भरी नारा लगाउँछौ । त्यो जुलुसमा सहभागी मध्य कतित भर्खरै त्यही जुलुसमा सहभागी हुन जादै गर्दा हिंसा गरेर वा हिंसा भोगेर गएका हुन्छौं । तर हामी त्यस्को मतलब गर्दैनौं । फेरि प्रश्न “हिंसा भोग्दै (गर्दै नारालाएर अधिकार माग्नुको औचित्य के ?

“ म्याडम हजुरसँग घुम्न मन छ मलाई, आज कतै जाउन है ?” काम लगाएका मान्छेलाई ज्याला दिन नसक्नेसँग कुनै केटी घुमाउने पैसा काँहाबाट आउछ होला ? कतै आफ्ना कामदारलाई उचित दाम र सेवा दिन सक्दिनँ भन्नु बाहाना त हैन ?

         अर्कोतिर हुन्छन् केहि नमुना मनुवाहरू । जस्को पद, प्रतिष्ठा, मान, मर्यादा, योग्यता भनेको साहु हाकिम, नेता, उद्योगी आदि हुन्छन् । काम गराई आफु माहत्तका कर्मचारी वा व्यक्तिलाई उपयुक्त सेवा सुविधा दिन नसक्नु साथै समयमा तलब खुवाउन नसक्ने । बानी हुन्छ काम सकेर फर्किन लागेकी महिलालाई “मिस म्याडम आज सङ्गै बसेर बियर वाइन खाउँन, घर जान एक डेढ घण्टा त ढिलो हुनि हो नि । “ कति पोलाइट (सकारात्मक) अनुरोध छ है ? त्यती मात्रै भएन छुट्टिको दिन घर बसेकी मान्छेलाई समेत फोन गरेर भन्न भ्याउछन “ म्याडम हजुरसँग घुम्न मन छ मलाई, आज कतै जाउन है ?” काम लगाएका मान्छेलाई ज्याला दिन नसक्नेसँग कुनै केटी घुमाउने पैसा काँहाबाट आउछ होला ? कतै आफ्ना कामदारलाई उचित दाम र सेवा दिन सक्दिनँ भन्नु बाहाना त हैन ?

  यो हामी धेरैले देख्दै भोग्दै आएको समस्या हो । तर पनि खै किन हामी तै चुप मै चुप गरेर बसिरहेका छौँ । यस्ता घटना बुझ्छौ, र यस्तो गर्नु हुन्न भनेर लेख्छौ पनि तर बोल्दैनौ । हाम्रो प्रवृत्ति भनेको आफुले जाने बुझेका कुरालाई व्यवहारमा लागु नगर्नु रहेको छ । जसका कारण हिंसा र अन्यायको चपेटामा पर्न बाध्य हुन्छौं ।  त्यती मात्रै होइन एउटी महिलाले अलि टाइट (फिटिङ) र छोटो (वान पिस) कपडा लगाएर फेसबुकमा फोटो पोस्ट गर्दा कमेन्ट गर्नेको ओइरो लाग्छ । वर्षौं पहिला देखी साथी भएर पनि बोल्नु त परकै कुरा कुनै पोस्टमा रियाक्ट समेत नगरेको मान्छे आएर भन्छ “ओहो ! हजुर त कति राम्री, सेक्सी लाग्यो, मन पर्यो मलाई त । ” खास मन परेको अनुहार (रुप) कि शरिरका अङ्ग ? रुप मन पर्निले पहिले नै किन नभनेको त ?

महोदय, तपाईंको यस्तो नजर र भनाइ ( म्यासेज ) लाई आखाले गर्नु भएको बलात्कार भन्दा केहि आपत्ति हुन्छ र ? नेपाल सरकार ले महिला हिँसा का लागि कानुन नबनायको पनि कहाँ होर । महिला हरुले हरेक खाले हिंसा सहेर पनि प्रहरी समक्ष पुगेका घटना मा नजर अन्दाज लगाउन हैत । यस विषयमा प्रहरी प्रधान कार्यालयको तथ्यांक हेर्ने हो भने, आर्थिक वर्ष २०७५/०७६ मा नेपाल भरि १४ हजार ७ सय ७४ जना महिला माथि घरेलु हिंसा भएका छन् । त्यस्तै महिला तथा बालबालिका बेचबिखनको सँख्या २ सय ५८ रहेको छ भने ८६ वटा बालविवाह भए । अझ अर्को डरलाग्दो रुप बलात्कारका घटनामा देख्न सकिन्छ । गत आर्थिक वर्षमा मात्रै ७ सय ८६ जना महिला तथा बालबालिका माथि बलात्कारको प्रयास भयो । यो बाहेक २ हजार २ सय ३० जना त बलात्कृत नै भए ।

        यसरी प्रहरीको तथ्यांक हेर्दा सबै भन्दा बढी दर्ता भएका ÷ उजुरी परेका घटनामा घरेलु हिंसा पछी बलात्कार भएको देख्न सकिन्छ ।  यि सबै बाहिर आएका वा दर्ता भएका घटना हुन् । नेपालको परिवेशमा कुरा गर्ने हो भने अझै पनि गाउँका ठुलाबढा र पैसावाल व्यक्तिहरूको मिलेमतोमा जघन्य अपराध पनि ढाक छोप गरेर सामान्य रुपबाट मिलापत्र गर्ने प्रचलन छ ।  अन्तमा, कति नेपाली महिला सामान्य देखी ठुला अपराध भोग्न बाध्य छन् ? भएको इज्जत पनि जाने डरले आँसुले चोली भिजाउदै जुनि बिताउदै गरेका चेलीको तथ्यांक को सँग होला ?
बलात्कृत भएकी एउटी निर्मलालाई त मारेर फाले । त्यस्ता लाखौं निर्मला अहिले साँस हुँदाहुँदै पनि पलपल मरेतुल्य भएर बाच्न बाध्य छन् । तिनिहरूलाई चाँही के गर्छस सरकार ? अब त केहि सोच्ने कि ?।

                                                शर्मिला न्यौपाने, गोलञ्जोर गाउपालिका, सिन्धुली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!