रवि लामिछानेका दुई चुनौती : पत्रकारले पुग्दैन, नेता बन्न गाह्रो छ

रवि लामिछाने अहिले जनताको अख्तियारको प्रतिनिधिपात्र जस्तो हुनुभएको छ । बालुवाटारको अख्तियारचाहिँ सीमित मान्छेहरुका लागि मात्रै छ । तर, वैदेशिक रोजगारीमा अन्याय परेका सामान्य मान्छेले अहिले रवि लामिछानेको नाम पहिला लिने अवस्थाको उहाँले छवि बनाइदिनुभयो ।

पत्रकारिताभन्दा निकै पर पुगेर एकदम भुइँ तहका जनताको सदभाव जित्ने रवि लामिछानेको पृष्ठभूमि बनेको छ । अनि, समाजमा बढ्दै गएको आक्रोश र निराशा मिल्दाखेरि रवि लामिछानेको पक्षमा देखिएको उभार हो यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!