बाढीजन्य प्रकोप तथा नदीजन्य पदार्थ उत्खनन् र तिनको अवस्थिति : कमलाखोँज

३ भाद्र, २०७७

विचार

प्राचिन सनातन हिन्दु धार्मिक मान्यता अनुसार्र कान्छी गंगा’ अर्थात कमलामाई नदी हाम्रो देशको दोस्रो स्तरको नदी हो । यस नदी सिन्धुली जिल्ला स्थित महाभारत पर्वत शृङ्खला, मध्यपहाडहरुको लगभग १४०० मि. उचाई विन्दुबाट उत्पति भई दक्षिणपूर्व दिशा हुँदै तावा खोलासँग मिसिएर तराईका दुई जिल्ला समेट्दै भारतको जयनगर प्रवेश गर्दछ । कमला नदीको अनुमानित लम्बाई २०४ माइल रहेको छ र जसमध्य १२९ माइल नेपालमा र ७५ माइल भारतमा पर्दछ । औसत जलबहाब ९९ घन मि. प्रतिसेकेण्ड रहेको यस नदी वर्षातको ४ महिना लगभग ८०% जति पानी र बाँकी ८ महिना २०% पानी सहित प्रायः सुख्खा रहने गर्दछ । (श्रोतः GON, NDRI, CGIRO) । त्यसैगरी कमलाखोँज रानीबास जल सतह मापन स्टेशन (Water level measuring station) अनुसार ३.८९ मि. सम्मलाई सामान्य सो भन्दा माथि ४.४९ सम्मलाई सजक रहनु पर्ने सतह (Warming level) ४.४९ देखी माथिलाई खतराको सतह (Danger level) मानिएको छ ।

                     नदी विकसित फाँट, कमलाखोँज, कमला नदीझैँ पूर्व पश्चिम भई उत्तर तर्फ अग्ला महाभारत पर्वत शृङ्खला (The Mahabharat Range) र दक्षिण तर्फ चुरे पहाड शृङ्खला (The Siwalik Range) को सांध बनी भित्री तराईको जात र दुधौली नामले परिचित रहेको छ । यस दुधौली बजार आसपास तथा कमलाखोँजको बाँया तर्फ भौगिलिक बनोटको हिसाबले सिवालिकको तल्लो पत्र (The Lower Siwalik) मा अवस्थित छ भने दायाँ तर्फ सिवालिकको माथिल्लो पत्र (The Uppper Siwalik) रहेको छ । अझ भनौँ, कमला नदी दरार हुँदै बगेकोले आफैँमा कमजोर भु–बनोट अर्थात यथेष्ट क्षति निम्त्याउन सक्ने अवस्थाबाट गुजिरहेको र त्यसमाथि चुरेको कमलो ग्रगानमा (Sediments) भूक्षय ठूलो मात्रामा हुने गर्दछ ।

                          संघीय संरचना कार्यान्वयन र मदन भण्डारी राजमार्ग उदयसगैँ कमलाखोँज आफ्नो स्वरुप बदल्दै अझै नयाँ नयाँ संरचना थप्ने तिव्र होडमा देखिन्छ । सँगसँगै, यावत भौगिलिक कठिनाई चिर्दै यसै नदी सिञ्चित कमलाखोँज कृषि उत्पादनको दृष्टिकोणबाट उर्वर रहेता पनि वर्षौनी थपिने बाढीजन्य प्रकोप पीँडा, जनधनको क्षति, खेती योग्य जमिन कटानले शिथिल पनि छ । यति नै बेला निर्माण सामाग्री, नदीजन्य पर्दाथको प्रमुख महत्व रहन्छ । यस्तै बेला नदीजन्य पर्दाथको अनियन्त्रित दोहन (Illegal extraction of construction materials from river bed) थपिने हुँदा नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि सहितको चुस्त प्रशासन र उबतचयििष्लन को जरुरी पर्दछ । देशको विभिन्न नदीहरुबाट जथाभावि नदीजन्य पदार्थ उत्खनन् र सङ्कलन गर्दा पुल तथा अन्य पुर्वाधारलाई तहस नहस बनाएको त सुनेकै छौँ । मनलाग्दी उत्खनन र सङ्कलनको कारणले नदीले आफ्नो धार मोड्दछ (channel shift), नदी उकास थपिन्छन्, अन्यत्र थप तह कटान (bankcut) नदीको गहिराई (depth river) र बेग (gradient) लाई बढाउँछ । त्यसैले उत्खनन् कार्य गर्दा मानव बस्ती, पक्की पुल र राजमार्ग आदीबाट कम्तिमा ५०० मि. को दुरी कायम गर्नुपर्छ । त्यसैगरी बाढीको जोखिम घटाउन प्रयास नै नगरेको भन्न त मिल्दैन तर कनिका छराई तारजालि (gabion wall) तथा बाँध (embankment) आफैँमा कतिको विशेषज्ञ प्राविधिक मैत्री छन् र तिनको जोखिम न्युनिकरणमा कस्तो असर पारेका छन्, यो आफैँमा उनुउत्तरीत प्रश्न रहेको छ ।

                त्यस्तै हामीले यस कमला नदी सिजित प्रकोप न्युनकरण गर्न बनाइएका संरचना आवश्यक अध्ययन, अनुसन्धान तथा त्यस विषय जान्ने प्राविधिकको संलग्नता कत्तीको जोड दियौँ त ? भर्खरै सम्पन्न भएका तथा सम्पन्न हुने क्रममा रहेको विकासका पूर्वाधार स्वम् संरचनालाई प्राकृतिक प्रकोप र मानव सिर्जित प्रकोप जस्तै अनियन्त्रित नदीजन्य पदार्थको उत्खनन्ले यस विपत निम्त्याउन सक्ने सत्यलाई नजर अन्दाजको सट्टा हेक्का राख्नुपर्ने देखिन्छ । बाढीजन्य प्रकोपले क्षति पु¥याएपछि मात्रै आँखा खुल्ने कुसंस्कृतिलाई चुनौति दिँदै प्रकोप विपदमा परिणत हुनु पूर्व आवश्यक लेखाजोखा गरी जोखिम न्युनिकरणका प्रयास आवश्यक छ । त्यसका लागि अति गहन अध्ययन, योजना, कार्य निर्र्देशिका र त्यसको प्रभावकारी कार्यन्वयन गर्न सके धेरै हदसम्म क्षति कम र सफलता ज्यादा पाउन सकिन्छ ।

                  अहिले वर्षायाम सक्रिय बनिसकेको छ । हाल दुरगार्मी रणनीती भन्दा तत्काल क्षति न्युनिकरण गर्न के के उपाय अवलम्बन गर्न सकिन्छ भन्ने कुरा महत्वपूर्ण छ । भलै संसार कोभिड १९ pandemic  मय भएता पनि बाढी र विभिन्न क्षति सम्बन्धि झनै पूर्ण जानकार र प्रभावित छौँ । विपत आइलागी हाल्यो भने पनि विकल्प अवलम्बन गर्न सकिन्छ र धेरै भन्दा धेरै जनधनको रक्षा गर्न सकिन्छ । यसका लागि विपत पूर्वनै सम्भाव्यता अध्ययन गर्दै छिटो सूचना प्रवाह गर्न सकिन्छ, जस्तै बाढी सम्बन्धी alert, नदीको माथिल्लो भेगमा बस्ने समुदायले तल्लो भेगमा बस्ने समुदायलाई फोनको माध्यमबाट जनकारी दिन सकिन्छ (upstream- downstream linkage) । जागरुक युवा जनशक्तिलाई परिचालन गरी उद्धार होली गंठन गर्न सकिन्छ । त्यसैगरी नदीले जमिन कटान सुरु गरी हालको अवस्थामा बाढीको बहाव कम गर्न ठूला ठूला ढुङ्गा, माटो, बालुवा भरी बोरा थुपार्न सकिन्छ, खतरा बढ्दै गएको खण्डमा उचित स्थानमा सर्न ढिलाई गरिनु हुन्न र समय रहदैँ यस नदीको जलाधार तथा पूर्वाधार विकासका नीम्ति गुणत्मक, सख्यांत्मक र परिणाममुखि नीति निर्माण गर्न चुक्नु हुन्न ।

                     नेपालको संविधानले जलस्रोत लगायतका प्रकृतिक संसाधनको उपयोगको अधिकार संघीय सरकार, प्रादेशिक सरकार र स्थानीय निकायमा राखेकोले यस नदीको पनि एकिकृत, बहुउद्शीय एवंम् दीगो उपयोग तथा व्यवस्थापन सिचाईको विकास तथा व्यवस्थापन, जल उत्पन्न प्रकोप न्युनिकरण तथा व्यवस्थापनका लागि प्रभावशाली समन्वय हुनु पर्ने कुरामा कुनै दुई मत नै छैन । माथि उल्लेखित व्यवस्थापनका सिद्धान्त अनुसार उपलब्ध जलस्रोतको अधिकतम उपयोग (optimum utilzation) गर्न सके यस दुधौली नगरपालिकाले थालेका बहुआयमिक कदम जस्तै, आधुनिक प्रविधियुक्त सामुहिक चक्लाबन्दी खेती कमलामा पक्की पुल र अन्य पूर्वाधार विकासका काम कारबाही अझ दीगो ढंगबाट सफलता निर्देशित हुनेछन् । बाढी-खडेरी कमला बेसिनका अघोषित शत्रु हुन् ।

       लेखक

        निरज बराल
दुधौली १०, सिर्जनानगर
बागमती प्रदेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!