नेकपा दुधौलीद्वारा नगरपालिकालाई आर्थिक सहयोग

चैत्र ६, दुधौली न्युज –

          दुधौली / नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) दुधौली नगर कमिटीले दुधौली नगरपालिकाको राहात कोषमा आर्थिक सहयोग गरको छ । गत बैशाख ५ गतेका दिन नगर कमिटीका अध्यक्ष सचिव लगायतका पदाधिकारीहरुको विशेष उपस्थितिमा सहयोग प्रदान भएको थियो ।
दुधौली नगरपालिकाले बिश्व महामारीको रुपमा फैलिएको ( कोभिड–१९) कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि स्थापना गरेको राहात कोषमा नेकपा नगर कमिटीले सहयोग गरेको हो ।

       दुधौली नगर कमिटीका अध्यक्ष लक्ष्मण कार्कीले राहत कोषका लागि पचास हजार रुपैयाको चेक दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउत लाई शुक्रबार हस्तान्तरण गर्नुभएको हो ।

        दुधौलीको समग्र विकास र जनाताको सुरक्षाको लागि नगरपालिकाले अन्य स्थानीय तह भन्दा पृथक रुपमा काम गरेको र जनताको सुरक्षाको लागि अग्रिम तयारी अवस्थामा राखेको छ । यस संकटको समयमा पार्टीको तर्फबाट पनि एउटा इट्टा थप्ने कोशीस मात्रै गरेको हौँ । जसरी समुन्द्र थोपा थोपा मिलेर बनेको हुन्छ । त्यसैगरी राहात कोषमा पनि हामीले पार्टीको तर्फ समुन्द्र निमार्णको लागि एउटा थोपा थप्ने उदेश्यले सहयोग गरेको नेकपा दुधौली नगर कमिटीका अध्यक्ष लक्ष्मण कार्कीले बताउनु भयो ।

      त्यसैगरी, नेकपा सधै यस्तै विपन्न वर्गीय जमानामा नै रहेकोले यस्ता बर्गको पिडाले आफुहरुलगाएत सिङ्गो पार्टीलाइ नै पिडा हुने नगर सचीव दिपक खड्काले भन्नु भयो । ” बिश्वमा माहमारिले आक्रन्त भएको बेलामा पार्टीको तर्फबाट नगरपालिकालाइ सहयोग गरेका हौं ।
दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउतले नगरपालिकाले स्थापना गरेको कोषमा सहयोग गरेकोमा नेकपा पार्टी दुधौलीलाइ धन्यवाद दिनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!