दुधौलीमा माधव – प्रचण्ड समुहको प्रदर्शन


२१ पौष,२०७७
दुधौली न्युज सम्बाददाता
दुधौली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुधौली नगर कमिटी माधव – प्रचण्ड समुहले प्रतिनिधिसभा विघटन र निर्वाचनको बिरोध गर्दै विरोध सभा सम्पन्न गरेको छ । पौष २० गते सोमवार माधव प्रचण्ड समुहको नेकपा स्थायी कमिटी सदस्य एवम् पुर्व मन्त्रि हरिवोल गजुरेलको प्रमुख आतिथ्यतामा उक्त सभा सम्पन्न भएको थियो । असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरिएको भन्दै उक्त विरोध सभाको आयोजना गरिएको थियो ।

            कार्यक्रममा प्रधानमन्त्रि केपि शर्मा ओलीले कु गरेको भन्दै विरोध ¥याली समेत निकालीएको थियो । ¥याली दुधौली बजार परिक्रमा गरी कममा बहुमुखी क्याम्पस अगाडी विरोध सभामा परिणत भएको थियो ।

              विरोध सभामा बोल्दै नेकपा केन्द्रीय सदस्य एव्म पुर्व मन्त्री हरिवोल गजुरेलले २०४८ सालमा नेपाली काग्रेस आफु बहुमत हुदाहुदै पार्टीमा छलफल नै नगरी मध्यवदी निर्वाचन घोषणा गरे पछि आफै अल्पमतमा परेको स्मरण गर्दै प्रधानमन्त्री केपि ओलिले पार्टीमा कुनै छलफल नगरि निर्वाचन घोषण गरे,यसले देशलाई प्रतिगमन तिर धकेलेको बताउनु भयो । प्रधान मन्त्रि केपि शर्मा ओलीले देशलाई भड्खालोमा हालेको बताउदै पुर्व मन्त्रि गजुरेलले प्रधानमन्त्रि ओली गणतन्त्र र सङ्घियता बिरोधी भएको समेत टिप्पणी गर्नु भयो ।

                            कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य गणेश पहाडीले प्रधानमन्त्रीलाई संविधान विघटन गर्ने कुनै अधिकार नभएको बताउनु भयो । उहाँले लोकतन्त्र गणतन्त्रको रक्षाको लागि र प्रतिगमनको विरुद्धमा सहभागी हुन सबौमा अपिल गर्नुभयो । बहुमत हाम्रै भयको हुदा सस्थापन पक्ष हामी भयको र निर्वाचन आयोगले चुनाब चिन्ह र छाप लोगो हाम्रो हुनेमा प्रतिनिधि सभा सदस्य पहाडीले सबैलाइ बिस्बास दिलाउनु भएको थियो । ओलिको प्रतिगमन नसचिय सम्म आन्दोलन जारी रहने प्रदेश सभा सदस्य राजन दाहालले बताउनु भयो । उहाँले कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य र संसदिय दलमा ४० प्रतिशत नपुग्ने भएकाले संसद पुर्न स्थापना भएपछि पार्टी नफुट्ने उहाँको भनाई छ । पार्टीको रक्षा देश समृद्ध तर्फ ल्यौजान प्रतिगमन विरुद्ध साथ दिन समेत प्रदेश सभा सदस्य दाहालले अनुरोध गर्नुभयो । केही साथी हरुले मेयर वडाअध्यक्षहरुलाई केन्द्रीय सदस्य बनाइ दिन्छु भन्दै पद बाढ्दै हिंडनु भएछ यस्तो भ्रममा नपर्न समेत आग्रह गर्नु भएको थियो ।

              दुधौली नगरपालिका कमिटीका इञ्र्चाज मात्रिका भट्टराई (वसन्त) को अध्यक्षतामा सम्पन विरोध सभालाई नेकपा केन्दीय सदस्य एव्म पुर्व मन्त्रि हरिवोल गजुरेल, प्रतिनिधि सभा सदस्य गणेश पहाडी, बाग्मती प्रदेश सभा सदस्य लेखनाथ दाहाल (राजन), दुधौली नगरपालिकाका वडा नं. ६,८,९,१० र ११ का वडा अध्यक्षहरु लगायतले सम्बोधन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!