आजको खेलमा वडा न ९ र वडा नम्बर १० को जित


३० माघ, २०७७
रोहित गुरुङ –
दुधौली/ सिन्धुलीको दुधौलीमा जारी नगरस्तरीय मेयर कप फुटबल प्रतियोगितामा आज(शुक्रबार) वडा नम्बर ९ र वडा नम्बर १० ले जित हात पारेका छन् । आजको पहिलो खेलमा वडा नम्बर ९ ले वडा नम्बर ११ लाई १ का विरुद्ध ३ गोल गर्दै जित हात पारेको हो भने दोस्रो खेलमा वडा नम्बर १० ले ४ नम्बर वडालाई टाईव्रेकर २ का विरुद्ध ४ गोल गर्दै पराजित गरेको छ ।
नगरका १४ वडाका टिम सहभागी प्रतियोगिताको विजेताले नगद ५० हजारका साथमा ट्रफी शिल्ड मेडर र प्रमाण पत्र हात पार्नेछ भने उपविजेताले नगद ३० हजार साथमा ट्रफी शिल्ड मेडर र प्रमाण पत्र हात पार्नेछ । पहिलो खेलमा वडा नम्बर ११ का लागि संञ्जय धामीले ६ मिनेटमै गोलको खाता खोलेपनि थप गोल गर्न नसक्दा पराजित हुनुपरेको हो । जित हासिल गर्न वडा नम्बर ९ का कृष्ण कुँवर , सुरज परियार र सुजन कुमरले एक एक गोल गरेका थिए । खेलमा वडा नम्बर ९ का सुरज परियार म्यान अफ द म्याच घोषित भए ।
त्यसैगरी, दोस्रो खेलमा दुवै वडाले गोल गर्न नसकेपछी टाईव्रेकरबाट नतिजा निकालिएको हो ।टाईव्रेकरमा २ का विरुद्ध ४ गोल गरेपछी वडा नम्बर १० ले वडा नम्बर ४ लाई पराजित गरेको हो । खेलमा वडा नम्बर १० का अभिषेक राई म्यान अफ द म्याच घोषित भए । प्रतियोगितामा आजदेखि क्वाटरफाईनलका खेल सुरु भएको हो । प्रतियोगिता आगामी ३ फागुनमा सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!