तनाव ग्रस्त हत्पते स्वस्थ्य चौकी एका एक शान्त

चिकित्सकलाई सरुवा,उचित क्षेतीपुर्ती र निष्पक्ष छानविन हुने भए पछि भिड नियन्त्रममा


dudhaulinews.com

दुधौली न्युज –
सुत्केरीको ज्यान गएपछि स्थानीयले सिन्धुलीको दुधौली नगरपालिका वडा नं. १ मा रहेको हत्पते स्वस्थ्य चौकी दिनभर तनावग्रस्त बनेको थियो । तालाबन्दी अहिले खुलेको वडा अध्यक्ष गोविन्द पहाडीले जानकारी दिनु भयो । तालाबन्दी गर्दै नारावाजी गरेपछि आज दिनभर हत्पते स्वस्थ्य चौकी तनाव ग्रस्त बनेको थियो । चिकित्सकको लापरवाहीले सुत्केरीको ज्यान गएको भन्दै स्थानियले स्वस्थ्य चौकीका चिकित्सकलाई अस्पताल भित्रै राखि तालाबन्दी गरेका थिए । लापरवाहीले दुधौली नगरपालिका वडा नं. २ रतनपुरकी २१ की वर्षीया अनुुषा कुमरको ज्यान गएको थियो । सोमबार विहान ११ बजे प्रसुतीका लागि स्वस्थ्य चौकी पुर्याइएकी कुमरले दिउँसो १ बजे छोरीलाई जन्म दिएकी थिइन् ।

उपचार गर्न आउने विरामीलाई चिकित्सकह्रुले लावपरवाही गर्ने गरेको स्थानिय बताउ छन ।

सुत्केरीको बच्चा जन्मे पछि रक्तश्राव भएको र प्रसुतीमा संलग्न चिकित्सकले यहिँ ठिक हुने आस्वासन परिवारलाई दिए पनि प्रसुती भएको ५ घण्टा पछि मात्र रेफर गरेकाले विरामीको अकालमै ज्यान गएको आफन्त आसा कुमरले बताएका छन् । रक्तश्राव नरोकिएपछि उपचारमा संलग्न चिकित्सकले रिफर गरेका थिए । उपचारका लागि वर्दिवास लैजाँदै गर्दा सुत्केरीको बाटैमा ज्यान गएको सुकदेव अधिकारीले बताए । यस अघि पनि उपचार गर्न आउने विरामीलाई चिकित्सकह्रुले लावपरवाही गर्ने गरेको स्थानिय बताउ छन ।

उपचार गर्न आउदा अस्पतालका ईन्चार्ज अहेव जिवद्धस शाह आफ्नो निजि क्लीनिकमानै व्यस्त रहने गरेको स्थानियले बताए । स्वस्थ्य चौकी आज दिनभर तनावग्रस्त बनेको थियो । स्थानीयले घटनाको निष्पक्ष छानबिनको माग गर्दै यस्ता घटना नदोहोरिन र क्षतिपूर्तिको माग गरेका थिए । उपचारमा संलग्न चिकित्सकले आफुहरुले रक्तश्राव वढेपछि प्रथामीक उपचार गरेर विरामीलाई लान आफ्नतलाई आग्रह गरेको बताएका छन् । बाटो अप्ठारो र आफ्न्तनै पैसा कपडा लगाएतमा अलमल गदौ ढिला भई सुत्केरीको मृत्यु भएको उपचारमा संलग्न चिकित्सक अनिता अधिकारीले बताएका छन ।


दिन भर तनाव ग्रस्त वनेको स्वस्थ्य चौकी साझ ५ बजेपछि स्थीति नियन्त्रणमा आएको हो भने तालापनि खोलिएको हो । स्वस्थ्य चौकीका ईन्चार्ज सहित सबै चिकित्सकलाई सरुवा,उचित क्षेतीपुर्ती र निष्पक्ष छानविन हुने भए पछि भिड नियन्त्रममा आएको थियो । तत्काल नगरपालिकाले सकुसल रहेको बच्चाको लागि १ लाख ५० हजार दिएको पनि नगरपालिकाका प्रवक्त रितेश राउतले बताउनु भयो । घटनाको निष्पक्ष छानविन गरीने पनि उहाँको भनाई रहेको छ ।

error: Content is protected !!