१० बजे पछि देउसी नखेल्न जिल्ला प्रशासन कार्यालय सिन्धुलीको आग्रह

कार्तिक ११, दुधौली न्युज–


दुधौली/ जिल्ला प्रशासन कार्यालय सिन्धुलीले तिहार पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै राति १० बजेपछि देउरी भैलो नखेल्न आग्रह गरेको छ । शान्ति सुरक्षालाई मध्यनजर राख्दै राति १० बजेपछि देउसी भैलो नखेल्न आग्रह गरिएको हो ।

                जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सूचना नै जारी गरी रातको समयमा हूलदंगा र आपसी झगडा हुन सक्ने भन्दै प्रहरी प्रशासनले देउसी–भैलोका लागि निश्चित समय निर्धारण गरेको हो । गत वर्ष पनि १० बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाउने व्यवस्था थियो । यो व्यवस्थाले तिहारमा रातको समय देउसी–भैलो खेल्न प्रतिबन्ध लगाएको छ ।

लागूऔषधको निषेध वितरण तथा मदिराजन्य पदार्थ नियन्त्रण गर्न पनि आग्रह गरिएको छ । देउसी–भैलो खेल्ने बहनामा राति आपराधिक गतिविधि पनि हुन सक्ने आशंका गर्दै प्रशासनले समय निर्धारण गरेको जनाएको छ । यस्तै तिहार मनाउने क्रममा आतिशबाजी, पटका, भुइँचम्पाजस्ता प्रज्वलनशील पदार्थको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोग नगर्न समेत जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!