सीमाभित्र कतै नराखअखडा, फर्केर जावस् घर। शङ्खैनाद गरी विगूल फुक लाै, नेपाल बाेकी मर

३ असार, २०७७
कविता
शीर्षक : “खर्लप्प निल्ला घर ”
छन्द : शार्दूलबिक्रीडित

नेपाली जन हाे!विदेश रहने ,फर्केर अाऊ घर ।
नङ्ग्रा छन् दश जाे खियाउन सदा ,यै भूमिका खातिर ।
हेपाहा मनले र बाहु बलले, पेलेर सक्छौं भनी।
दादा बन्छ मिचेर याे हरघडी, सीमा मिचाहा बनी ।।१।।

सुस्ता तान्छ कतै कतै दशगजा, खर्लप्प पार्याे यहाँ ।
जंगेपिल्लर झिक्छ रातभरमा, लग्याे र राख्याे कहाँ ?!
कैले पुग्छ इलामको पशुपति , क्वाप्पै लिपू लेक ती।
कैले ताक्छ हिमालको शिखर नै ,के खाेज्छ याे भारती !!२।।

नाका बन्द गरी सताउछ घरी,तर्साउने बेस्सरी ।
काेशी थुन्छ डुबाउदै जलमयी,यै भूमि बन्नेगरी ।
जन्मै स्वच्छ धरा पवित्र छ सधैं ,याे देश नेपाल हाे।
भन्ने याे मनमा विचार नगरी ,जिस्कन्छ कि ख्याल हाे !?३।।

दिल्लीका दिलले कुदृष्टि छलले ,उत्तर् नहेराेस् अब ।
गिद्देदृष्टि लगाउने नजरमा,’ नेपाल ‘याे दुर्लभ ।
पुर्खाकाे इतिहास थेग्न नसकी बृटेनकाे दास भाे ।
अाफू बाँच्छ पराइकाेअधिनमा ,बुझाैंन के अाश भाे!?४।।

सेनामा जन जाे विदेशभर छाै,फर्केर अाऊ घर ।
सेवा भाे अति भाे अब स्वघरमै ,निर्माण हाेस् सेल्टर ।
अर्काको घरमा गयाै निडर भै,जागीर मिल्ला तर।
फर्की अाज नअाउने यदि भए,खर्लप्प निल्ला घर।।५।।

नक्शा ग्रेटरकाे निकाल सब ती,भूभाग फिर्ता गराैं।
पुर्खाकाे पुरुषार्थ रक्षण हुने ,मुद्दा अपील गराैं।
काे हाे याे जिरहा र धूर्त घटिया, काे सङ् सुगाैली भयाे ??
जाे हाे त्यो अब छैन राज गरने,अर्कै धुपाैरे भयाे।।६।।

हर्दम् चूप हुदै सहेर नबसाैं,अाफ्नाे लिदा शान भाे।
अर्कैखातिर लड्न हुन्न अब लाै,पालाे त नेपालकाे।
सीमाभित्र कतै नराखअखडा, फर्केर जावस् घर।
शङ्खैनाद गरी विगूल फुक लाै, नेपाल बाेकी मर।।७।।

सीमा ताेक छिटाे नछाेड रति न‌ै,निशान चम्काउदै।
घेरा बेर सबै जुटेर सँगमा,भूप्रेम दर्शाउदै ।
सीमा घेर्न सिकाैं मिलेर चिनियाँ ,क्या क्या नमूना गरे।
तिम्रा पाै‌रखले रचेर गर लाै, चम्कन्छ नामै भरे ।।८।।

नेपाली गुरखा बृटेनसगका, सीमा सुरक्षा गर।
के मर्छाै परभूमिमा कुर यहाँ ,नेपालको बाेडर ।
चम्काई खुकुरी लिएर हिड ला‌ै,सेना नयाँ चालले।
छप्काईकन वीरता भुवनमा ,छापाेस् न नेपालले ।।९।।

माटो ली अब हातमा उठ सखे!,खराे प्रतिज्ञा गर।
अामाकाे वय ढाक्न रक्षक भई,सम्पूर्ण हाैं तत्पर ।।
अाऊ द्रव्य कमाउने मन गरी ,अन्तै पुगेका सब ।
यै माटाे पसिना मुछेर सुनका,डल्ला फलाअाैं अब ।।१०।।
– रचनाकार :लीलानाथ ‘ विरही ‘
फिक्कल -२, सुम्नामबेंसी ,सिन्धुली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!