सिन्धुलीमा पनि सलहको प्रकोप


दुधौली न्युज सम्बाददाता
२१ असार,आईतवार
दुधौली/ नेपालका विभिन्न जिल्ला मा देखिएको सलह किराको प्रकोप सिन्धुलीका केहि स्थानिय तहहरुमा फैलिएको छ । सलहको प्रकोप फैलिएसँगै कृषक अनिकाल लाग्ने होकी भन्दै चिन्तीत बनेका छन् ।  शनिबार विहान सर्लाहीको लालबन्दी नगरपालिका २ मा रहेको तेलबालीमा ठूलो संख्यामा सलह भेटिएको थियो । सर्लाहीको बदाम, घैँचा, धानको बेर्ना लगायतमा सलह किराले झ्याप्पै छोपेको देखिएको छ ।

              सिन्धुलीको कमलामाई नगरपालिका ८ र १० मा पनि सलह देखिएको छ । त्यस्तै कमलामाई २ भद्रकालीस्थित चियाबारीमाथि समेत देखिएको छ । कमलामाई नगरपालिकाका कृषि शाखाका प्राविधिक सरोज फुयाँलका अनुसार, किसानबाट फट्याङ्ग्राजस्तो कीरा आएर बाली खाएको सूचना पाएपछि सो क्षेत्रको अनुगमनमा जाँदा मानिसको हल्लाखल्लापछि कीराको हूल जङ्गलतिर गएको किसानले प्रत्यक्ष दर्शिले बतएका छन् । कमलामाई सगैँ मरिण, हरीहरपुरगढी, तिनपाटन, घ्याङलेख लगाएत सम्पुर्ण स्थानिय तहहरुमा यसको प्रकोप देखापरेको बताईएको छ ।
शुक्रबार रातीदेखि भारतबाट ठूलो संख्यामा फट्याङ्गरा जस्तो देखिने जातको सलह नामक किरा नेपाल प्रवेश गरेको बताइन्छ । फट्याङ्ग्रा वर्गको कीरामा पर्ने सलह अफ्रिकी मुलुकबाट अरेबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान, भारत हुँदै नेपाल प्रवेश गरेको हो । सलह किराले कृषि बालीमा अमेरिकी फौजी कीराले भन्दा अनेकौ गुना बढी क्षति पुर्याउने कृषिका जानकारहरु बताउँछन । विज्ञहरुका अनुसार, करोडौंको संख्यामा रहने सलहले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत खाएर नष्ट पारिदिन्छ ।

जेठदेखि असोजसम्म बढी प्रकोप हुने सलह किरा एकै दिनमा १५० किलोमिटरभन्दा टाढासम्म पुगेर बालीनालीमा क्षति पुर्याउने विज्ञहरुको तर्क छ । भारतसँग सीमा जोडिएका नेपालका पर्सा, बारा र सर्लाहीका केही ठाउँमा शनिबार बिहानदेखि सलह कीराका समूह देखिएको हो ।  जुनार सुपरजोन सिन्धुलीका प्रमुख देवराज अधिकारीले नेपालमा सहल प्रवेश गरेपछि कृषि मन्त्रालयले प्रभावित जिल्लाका विज्ञ एवं प्राविधिकसँग छलफल गरिरहेको जानकारी दिनुभयो । उहाँले तराईसँगै सीमा जोडिएको सिन्धुलीसमेत सलहको खतरामा रहेको बताउनुभयो । फट्याङ्ग्रा वर्गको कीरामा पर्ने सलह अफ्रिकी मुलुकबाट अरेबियन देशहुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान, भारतहुँदै नेपाल प्रवेश गरेको हो ।

              सलह किराले कृषि बालीमा अमेरिकी फौजी कीराले भन्दा अनेकौ गुना बढी क्षति पु¥याउने जानकारहरुले बताएका छन् । विज्ञहरुका अनुसार करोडौंको संख्यामा रहने सलहले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत खाएर नष्ट पारिदिन्छ । जेठदेखि असोजसम्म बढी प्रकोप हुने सलह किरा एकै दिनमा १५० किलोमिटर भन्दा टाढासम्म पुगेर बालीनालीमा क्षति पु¥याउने विज्ञहरु बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!