सहकार्यद्धारा च्याउ बनाउने मेसिन प्रदान


२७ माघ,२०७७
दुधौली न्युज सम्बाददाता –
दुधौली/ सिन्धुलीको एक प्रतिष्ठित गैरसरकारी संस्था सहकार्य नेपालद्धारा च्याउ बनाउने मेसिन प्रदान गरेको छ । दुधौली नगरपलिकाका नगर प्रमुख मेयर घनश्याम राउत र सहकार्य नेपालका अध्यक्ष खेटराज अधिकारीको हातबाट च्याउ बनाउने मेसिन प्रदान भएको थियो ।

                दुधौली नगरपालिका, यूएनडिपि नेपालको आर्थिक सहयोग र सहकार्य नेपालको आयोजनामा सामाग्री बितरण भएकोे थियो । कोभिड १९ बाट प्रभावित घर परिवारलाई सामाजिक आर्थिक पुनः लाभ परियोजना अन्तर्गत दुधौली नगरपालिकाको बिभिन्न वडाहरुमा टर्की पालन, कडकनाथ कुखुरा पालन, आलु खेती, च्याउ खेति, बाख्रा पालन, मकै खेति आदिमा अनुदान सहयोग गरिरहेका छन् । सहकार्य नेपालका अध्यक्ष खेटराज अधिकारीको सभापतित्व तथा दुधौली नगरपालिकाका मेयर घनश्याम राउतको प्रमुख अतिथिमा उक्त कार्यक्रम भएको थियो ।
त्यसैगरी, अतिथिहरुमा प्रगति तथा उद्धमशिल सहकारी संस्थाका अध्यक्ष चाहाना श्रेष्ठ , मिर्मिरे लघुबित्तका दुधौली साखा प्रमुख निमिष आचार्य लगायत सहकारीका पदाधीकारीहरुको बिशेष उपस्थित रहेको थियो । हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै दुधौली नगरपालिकाका नगर प्रमुख राउतले कुनैपनि क्षेत्रका जागरिला उद्धमीहरुका लागि नगरपालिकाले सहयोग र प्रोत्साहन गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले भन्नु भयो “कार्यक्रमको योजना झोलामा हालेर अनुदान माग्ने र खानेहरुको दिन गयो, गरी खाने र उद्धमीहरुलाई स्थानिय सरकारले सहि पहिचान गरी प्रोत्साहन गर्ने छन् ।” कृषि क्षेत्रमा सहकार्य नेपालले खेलेको भुमिका सर्हानिय रहेको भन्दै आगमी दिनहरुमा पनि यस्तै काम गर्न सुझाव दिनु भयो ।
त्यसैगरी, सहकार्य नेपालका अध्यक्ष अधिकारीले बोल्नु हुँदै उद्धमी किसानहरुलाई सहकार्यले बिभिन्न दातृसंस्थाहरुलाई सहयोग मागी संस्थाले दुधौलीका उद्धमी कृषकहरुलाई सहयोग प्रदान गर्ने बताउनु भयो । कृषिमा उत्पादन सामाग्रीलाई बजार छैन भन्दै नबस्न पनि सबै कृषकहरुलाई आग्रह गर्नुभयो । च्याउ खेतीको बिषयमा जति सकेको उत्पादन गर्न समेत आग्रह गर्नु भएकोे थियो । “च्याउ उत्पादन गर्नुस हामीले च्याउ सुकाउने सोलार ल्याउदै छौ, प्याकीङ गरेर सुख्खा च्याउ पनि दुधौलीबाटै बिक्रि गर्ने छौं ।” उहाँले भन्नु भयो । अत्याधुनिक मेसिनको रुपमा लिईएको उक्त मेसिनमा पराल राख्ने ट्याङ्की र च्याउको लागि प्याकिङ गर्ने मेसिन समेत रहेको छ ।

सहकार्य नेपलले दुधौलीको बिभिन्न क्षेत्रमा तरकारि ५२ जनलाइ मकै १३३ जनलाइ डेरि ६० जनालाइ क्यान ६ जनालाइ तालिम च्याउ खेती २१ जनालाइ लगायत बाख्रा पालन बङ्गुर पालन लगायतको कार्यक्रम रहेको कार्यक्रम संयोजक लालबहादुर बुढाथोकीले जानकारी दिनुभयो । साथ,ै उधमिलाइ ब्याबसायिक योजनाको तालिम, उधमी र ब्यापारी बिच अन्तर्कृया कार्यक्रम सहकारिहरुबाट सहुलियत कर्जाको लागि पहल लगायतको कार्यक्रम रहेको संयोजक बुढाथोकीले जानकारी सहित दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!