समयमा उपचार नपाउदा सर्पको टोकाइबाट युवकको मृत्यु

५ असार, २०७७
रविन्द्र भट्टराई –
सिन्धुलीमा सर्पको टोकाइबाट एक युवकको ज्यान गएको छ । जिल्लाको दुधौली नगरपालिका ५ का एक युवकको सर्पको टोकाइबाट ज्यान गएको हो ।

      दुधौली ५ सिर्थौलीका २१ वर्षिय युवक शिवराज गोराहित लाइ विहिवार राति सर्पले टोके पछि दुधौली स्वास्थ्यचौकी ल्याउदै गर्दा बाटोमानै मृत्यु भएको वडा न ५ का वडा अध्यक्ष चन्द्रकिशोर थारुले जानकारी दिनुभयो । सर्पले टोकेपछी सिर्थौली हस्पिटल लगिएको थियो त्यहा सर्पदंश विषशग्य डक्टर नभएपछि युवकलाई दुधौली स्वास्थ्यचौकी रेफर गरिएको पारिवारिकश्रोतले जनाएको छ ।

        युवकको मृत्यु भएपछि सिर्थौली बासी आक्रोसीत भएका थिए । शुक्रवार दिनभर सिर्थौली हस्पिटल तनावग्रस्त भएको थियो । सिर्थौली हस्पिटलमा सर्प दंश विषशग्य डक्टर नभएको र भएका केहि डाक्टरहरुले सामान्य प्राथमिक उपचार समेत नगरेको कारण युवको ज्यान गएको भन्दै स्थानिय आक्रोसित बनेका हुन ् ।

उनिहरुले मृतक परिवारलाई क्षेतीपुर्ती हुनु पर्ने माग राख्दै सिर्थौली हस्पिटलमा सर्पदंशका डक्टर ल्याउनु पर्ने , यस घटनाप्रति जनप्रतिनिधिले गम्भिर चासो राख्नु पर्ने बताएका छन । त्यहा रहेका सर्पदंश विशेषज्ञ जगदीस मण्डललाई दुधौली नगरपालिकाको केन्द्रमा तानिए पछि सिर्थौली हस्पीटल सर्प सर्पदंश विशेषज्ञ विहिन बनेको हो ।

नगरपालिका र व्यवस्थापन समिति द्वारा पिडितको मागलाई सम्बोधन गर्दै १ लाख पचार हजार नगद संगै आवस निमाणमा २ कोठे भवन बनाउने, स्वास्थ्य प्रमुख जगदिस मण्डललाई सर्पदंश सपचारका लागि तत्काल खटाउने र प्राथमिक उपचारमा कमिकम्जोरि गर्ने डाक्टरलाई कारवाही गर्ने जस्ता सर्त राखिएको दनुवार जनजागरणका सचिव सुमन चौधरीले जानकारी दिनुभयो ।
उनका अनुसार प्राथमिक उपचारसमेत नगरेको विषयमा जनप्रतिनिधि र व्यवस्थापक समितिको बैठक बसेर आवस्यक कार्वाही गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!