संक्रमण बढ्यो,तर चाडँपर्वका कारण बजार चहलपहल घटेन

चाडँपर्व नजिकिए सगैँ दुधौली बजारमा उपभोक्ताको चहलपहल

२४ असोज,२०७७
दुधौली न्यूज सम्बाददाता

             दुधौली / कोरोना भाईरसको संक्रमण बढ्दै गएपनि सिन्धुलीका मुख्य बजारहरुमा चहलपहल पनि बढेको छ । एकातिर कोरोनाको कहर छ, अर्को तिर नेपालीहरुको ठुलो चाडँपर्वको अवागमन । चाडँपर्वको आवागमनसगैँ स्थानिय किनमेलकालागि बजार जाने गर्छन् ।  नेपालीहरूको महान् चाड दशैं नजिकिएसंगै गर्दा सिन्धुलीका विभिन्न मुख्य बजार क्षेत्रमा किनमेल गर्नेहरुको भीड लाग्न थालेको छ ।

              सिन्धुलीको दुधौली बजारमा दशैंको किनमेल गर्नेहरूको भीडले हिँड्नसमेत समस्या हुन थालेको छ । कोरोना भाईरसका कारण व्यापार ठप्प हुदाँ दशैं नजिकिएपछि भने व्यापार राम्रो हुन थालेको दुधौली बजारका रेडिमेट पसल सञ्चालक राजेश तोलङ्गेले बताए ।  चाडपर्व नजिकिदै गर्दा सरकारले लकडाउन खुलाएपछि मुख्य व्यापारिक क्षेत्रहरू चहलपहल देखिएको हो । दशैं, तिहार, छठ लगायतका ठूला चाडपर्व नजिकिदै गर्दा सिन्धुलीका मुख्य व्यापारीक केन्द्रहरुमा लत्ताकपडा र घरयासी सामाग्रीहरुको पसलहरुमा चहलपहल बढी देखिएको छ । विगतका वर्षहरूमा दशैं नजिकिएसँगै भीड हुने बजार यस वर्ष कोभिड १९ संक्रमणको जोखिम भएपनि बजारमा किनमेल गर्नहरुको घुइचो उस्तै छ । सिन्धुलीको सिन्धुली माढी, भिमान बजार, दुधौली बजार, डकाहा बजार, तिनपाटनको चकमके बजार लागाएका बजारहरुमा चलहपहल देखिन्छ । क्रेता र विक्रेता दुबै पक्ष कोरोना भाईरसको प्रवाहनै नगरी आफ्नै काममा मस्त छन् ।

                    सामान खरिद गर्न जानेहरू सडकमा बाक्लै देखिन्छन् । खासगरी लत्ताकपडा, घरायसी सामग्री, मोबाइल फोन, टेलिभिजन लायतका बजार पसलहरूमा भिडभाड देखिन्छन् । विगतमा चाडपर्वको समयमा निकै भीड हुने क्षेत्र यसपटक कोरोना भाईरसका कारण बजार बन्द गर्नुपर्दा व्यापारी निरास थिए, तर सुनसान बजार सरकारले लकडाउन खुकुलो बनाए सगैँ खुलेका छन् । लकडाउनमा बन्द भएका पसलहरु लकडाउन खुलाएसगैँ पसलहरु खुलेको र चाडँपर्व नजिएसगैँ उपभोक्ता किनमेल गर्न बजार आउने गरेको दुधौलीका व्यापारीहरु बताउछन् ।

             अहिले धेरै सक्रमित बजार क्षेत्रका मानिसमा हुने गरेको र ती मानिस दशैँ, तिहार, छठलगायत चाडपर्वमा घर जाने भएकाले गाउँघरतिर सक्रमित फैलिने खतरा रहेको छ । बन्दाबन्दी खुलेसँगै अहिले बजारमा मानिसको चहलपहल बढेपछि सक्रमित संख्या पनि ह्वात्तै बढेको छ । अब तीनै मानिस गाउँघरमा जाँदा सक्रमित फैलिने डर रहेको छ । चाडपर्व नजिकिँदै गर्दा मानिस अब गाउँघरतिर जान थालेका छन् । बजार खुलेसगैँ व्यापारी र उपभोक्ताले मास्क प्रयोग नगरेको देखिन्छ, यसमा ध्यान जान जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!