विश्व पर्यटन दिवसको अवसरमा सिन्धुलीमा सिटि साईकल यात्रा


२४ असोज, २०७७
दुधौली न्युज सम्बाददाता –
सिन्धुलीमाढी / विश्व पर्यटन दिवसको अवसरमा सिन्धुलीमा सिटि साईकल यात्रा गरिएको छ । रोट्याक्ट क्लबको आयोजनामा गरिएको उक्त साइकल यात्राले जिल्लाको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्य राखेको आयोजकहरुले जनाएका छन ।

               सिन्धुलीमाढीका कमलामाइ नगर भित्रका चार वटा वडा भित्र शनिवार साईकल यात्रा गरिएको रोट्याक्ट क्लब सिन्धुली गढिकि अध्यक्ष सुजिता खडकाले जानकारी दिइन । बिहानै सुरु भएको साइकल यात्रा कमलामाई नगरपालिका भित्रका वडा नं. ४, ५, ६ र ७ का विभिन्न ठाउँमा गरि ११ दशमलब ९ किलोमिटर पार गरेको साइकल अभियन्ता सौरभ ढकालले जानकारी दिए । उनका अनुसार झण्डै २ घण्टामा उक्त यात्रा पुरा गरिएको हो । लोकतान्त्रिक चोक अगाडिको पार्कबाट सुरु भएको यात्रा धुरा बजार, मिलनचोक, ढकाल गाउँ, हुदै ढुंग्रेबास दुई नम्बर गेट नेरको झोलुङ्गे पुल पार गरेर साईकल यात्री बिपि राजमार्ग निक्किएका थिए ।

             उनीहरुले विपी राजमार्ग हुदै वडा नं. ७ को वडा कार्यालय पुगे । त्यहाँबाट साइकल यात्री बिपि राजमार्ग हुँदै दुई नम्बर बजार तर्फबाट वडा नं. ५ को कार्यालय मधुटारमा आएर र्याली समापन गरिएको छ । साईकल र्यालीमा कमलामाई नगरपालिकाका वडा नं. ६ का वडा अध्यक्ष उज्वल थापा, जनता समाजबादी पार्टी कमलामाइ नगरका इन्चार्ज दिपेश थापा, सामुदायिक प्रहरीका इन्चार्ज आर के ठाकुर सङ्गै, बैकर्स, इन्जिनियर, ब्यापारी उधमी समेतको सहभागीता थियो । साइकल यात्रीलाई कमलामाइ नगरका वडा ४, ५ र ७ का वडाअध्यक्षले स्वागत गरेका थिए ।

       र्यालिको उद्घाटन भने साईकल चलाएर कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले गरेका थिए । उक्त र्यालीको उद्घाटन गर्दै मेयर खत्रीले कमलामाई नगरपालिका भित्र छिट्टै साईकल लेन बनाउने प्रतिवद्धता जनाए । उनको कुरालाई समर्थन गर्दै नगर भित्रका वडा नम्बर ४,५,६ र ७ का वडा अध्यक्षले समेत समर्थन गरेका छन । स्पोर्ट्समा पर्ने साइकल नियमित चलाउदा शारीरिक कसरत हुने बिज्ञहरु बताउछन् । नगरको साइकल यात्रामा सहभागी हुन कमलामाइ ९ देखि युवा उद्यमी निशान्त पौडेल गाडीमै आफ्नो साइकल हालेर आएका थिए ।

             रोट्याक्ट क्लब सिन्धुली गढिले आयोजना गरेको साइकल यात्रालाई प्रस्तावित साइकल क्लब सिन्धुलीले समर्थन गरेको थियो । साइकल यात्रीलाई यात्रा अबधिभर सुरक्षा दिने काम जिल्ला स्थित ट्राफिक प्रहरी र सामुदायिक प्रहरीले गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!