दुधौली न्युज सम्बाददाता
२१ असार,आईतवार
दुधौली/सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ देउरालीटारका झलक श्रेष्ठ इन्टरप्रेनर्स नेपाल लायन्स क्लव सिन्धुलीका अध्यक्षमा निर्वाचित भएका छन् । नेपाल लायन्स क्लव विभिन्न सामाजिक सेवामा समर्पित सस्था हो ।
काठमाण्डौ गौशालास्थित होटेल बागमतीमा शुक्रबार भएको तेश्रो साधारण सभा तथा पुर्ण बैठकबाट युवा ब्यबसायीको रुपमा पहिचान स्थापित एवम कुशल राजनितीज्ञ सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ देउरालीटारका श्रेष्ठ लाई १ बर्षका लागि क्लबको अध्यक्षमा सर्वसहम निर्बाचित गरेको हो । उहाँले यस अघि क्लवको उपाध्यक्षको रुपमा काम गर्नुभएको थियो । इन्टरप्रेनर्स नेपाल लायन्स क्लवले काठमाण्डौ सहित सिन्धुलीमा बाताबरण संरक्षण, भोकमरी , बालबालीकाको क्यान्सर तथा दृष्टी बिहीनको शल्यक्रिया र स्वास्थको क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ ।