रोनाल्डोको जन्मदिन दुधौलीमा


दुधौली/ विश्वविख्यात फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोको जन्मदिन दुधौलीका यूवाहरुले मनाएका छन् । माध्यमिक बिद्यालय लदाभिरमा पुगेर यूवाहरुले केक काट्दै बिद्यालयमा अध्यानरत दृष्टिबिहिन तथा फरक क्षमता भएका १० जना बिद्यार्थीहरुलाई न्यानो कपडा प्रदान गरी रोनाल्डोको जन्मदिन मनाएका हुन ।

       माबि लदाभिरको प्रधानाध्यापक मोहन शाही ठकुरी, बिभिन्न बिषयका शिक्षक तथा शिक्षिकाहरु लगाएत रोनल्डोका शुभचिन्तक र बिद्यार्थीहरुको उपस्थित रहेका थिए । दश जना बिध्यार्थीहरुलाई उनीहरुकै रोजाईमा दुधौली बजारमा लगि न्यानो कपडा खरिद गरेका थिए । रोनाल्डोका शुभचिन्तक युवाहरुको सकृयता र दुधौली एकता यूवा क्लवका सचिव दिपेन्द्र महत्वको संयोवकत्वमा जन्मदिनको आयोजना भएको थियो ।

           आफुहरुलाई फुटवल खेल्न मन पर्ने र चर्चित खेलाडी रोनाल्डोलाई आफुहरुको मार्गदर्शकको रुपमा लिएको कारण दुधौलीका खेलाडीहरुले उनको जन्मदिन मनाएकोे उनीहरुको भनाई रहेको थियो । रोनाल्डोले जस्तै गरी हामी खेलबाटै नगर, जिल्ला र आफ्नो परिचय बनाउन चाहान्छौं त्यसै अवसरको खोजिमा पनि रहेको उनीहरुको भनाई रहेको थियो ।

           बिश्वबिख्यात खेलाडी रोनाल्डो ५ फेब्रुअरी १९८५ अर्थात बिक्रम संवत २०४१ माघ २३ गतेका दिन पोर्चुगलको फञ्चल, म्याडेइराको सान्तो आन्तोनियोमा जन्मेका हुन । माता मारिया डोलोरेस डस सान्तोस अभेइरो र पिता होजे डिनिस अभेइरोका कान्छा सन्तानको रूपमा जन्म लिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!