यो औंसिमा बुहारी-छोरी र सासु-आमा बन्न सक्लान् त ?


९ बैशाख , २०७७

        बिचार

आमा शब्द आफैंमा एक पुर्ण शब्द हो । यसको बयान गरेर र अर्थ लगाएर हामीले कहिले पनि सक्दैनौं । त्यसैले आमालाई धेरै माया र सम्मान ।
आमा अर्थात् नारीलाई पृथ्वीसँग पनि तुलना गरिन्छ । जसरी पृथ्वीले आफूमाथि आइपरेको भारलाई सहर्ष स्विकार्दै हलचल नगरी बस्दछ त्यसरी नै आमाले पनि आफू सामु आइपरेको बाधा व्यवधानसँग जुध्दै आफ्न्ना अमुल्य रत्न समानका छोराछोरीको निम्ति बाचिरहेकी हुन्छिन् । उनलाई हामीले सधैं आदर गर्दै माया ममता दिइ रहनुपर्छ र दिदै आएका पनि छौँ ।

                 आमा हाम्रो जीवनका प्रत्येक पाइला तथा प्रत्येक दिनमा महत्वोपुर्ण हुन्छिन् । यसका साथै उनको साथ अनि सहयोग अझ बढी आवश्यक हुन्छ । सन्तानको लागी आमा सधैं अपरिहार्य हुन्छिन । आमाको वर्षमा एकदिन झन बढी महत्त्व हुने गर्दछ । त्यो दिन हो वैशाख कृष्णपक्षको औंसि अर्थात् माता तिर्थ औंसि ।

            वर्तमान परिवेशमा माता तिर्था औंसिको महत्त्व दिन प्रतिदिन बढ्दो क्रममा छ । अचेल गाउँ घरमा हेर्ने हो भने चाडबाड बाहेक खसै घरमा मान्छे हुदैनन् । छोराछोरी सहर बस्ने र गाउँमा बुबा-आमा मात्रै हुनेहुदा अधिकाङ्श ग्रामीण क्षेत्र सुनसान बन्दै गएको सर्वविधितै छ । तर पनि चार जात – छत्तीस वर्णका हामी नेपाली बसोबास गर्ने हाम्रो देशमा जात अनुसार मनाउने चाडपर्व फरकफरक हुने भएकाले सहर गएका मानिस बेलाबेला गाउँ फर्किदा गाउँको मुहार नै खुसियालीले भरिन्छ । यसै मध्यको एक हो माता तिर्थ औंसि अर्थात् आमाको मुख हेर्नु दिन । दसैं – तिहार पछी गाउँ नफर्किएका छोराछोरीलाई पनि गाउँ फर्काउन र आमाको महत्त्व बुझाउन गहन भुमिका खेलेको छ वैशाख महिनामा पर्ने औंसिले ।

          चाडवाडलाई विशेष गरि पुरुषको तुलनामा महिलाहरूले बढी महत्त्वका साथ हेर्न गर्दछन । मन खिन्न पारेरै भन्नु पर्छ अहिलेसम्म पनि यसको एक कारण त महिलाहरू पुरुषको तुलनामा घर बाहिरका काममा कम मात्रै सहभागी हुने गर्छन/पाउछन् । अधिकाङ्श समय घरमै सिमित हुनेहुदा मनोरञ्जन गर्ने माध्यम नै चाडबाड बन्न पुग्दछ । यही कुराको ज्वलन्त उदाहरण हो मातातिर्थ औंसि । विवाह गरेर टाढाटाढा पुगेका छोरीचेली पनि यो समय माइत आउने गर्दछन । वसन्त ऋतुको मध्य समय, जाडो सकिएर गर्मी सुरु भएको यो मौसममा झरी बादल पनि खासै नहुने हुँदा यात्रा गर्न अनुकुल रहन्छ मौसम । नयाँ वर्षको खुसियालीसंगै माइत पुगेका चेली वसन्तका पालुवासङ रमाउने वातावरण यो वर्ष सिर्जना हुन सकेन ।

         विश्वमा नै माहामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड -19) बाट नेपाल पनि अछुतो रहन सकेको छैन । सन् 2019 डिसेम्बर अन्तिम साता चिनको उहान सहरबाट देखापरेको यो भाइरसले अङ्ग्रेजी नयाँ वर्ष (सन् 2020) खासै राम्रोसँग मनाउन त दिएन नेपालीहरूको फागु पर्व पनि सामान्य रूपमा नै सिमित हुन पुग्यो । बिडम्वना, त्यसपछि नयाँ वर्ष राम्रोसँग मनाउने आसा बसेका नेपाली झन लकडाउनमा घर भित्र मात्रै सिमित हुन पुगे । कोरोनाको महामारीबाट बच्न सरकारले घोषणा गरेको लकडाउनले माइत जाने र आफ्ना बुबा- आमा दाजुभाइसङ भेट गर्न बेग्र प्रतीक्षा गरिरहेका चेलीहरूको मन खुम्चिएको छ । सरकारले गत चैत्र ११ गते बाट लागु गरेको लकडाउन चौथो पटक समय थप गरि लम्ब्याइ सकेको छ । कतिले त यो वैशाख महिना पनि लकडाउनमै गुज्रीने अनुमान गर्न भ्याइ सके । यो कुरालाई यहीँ थाती राख्दै हामीले बाकी दिनको प्रतीक्षा गर्नुको विकल्प यो समयमा छैन ।

बुहारी सासु भन्दा पढे लेखेकी र बुझेकी भएर पनि मन भने माइतीघरमा नै पुर्याएकी हुन्छिन् । सासु नै मेरी आमा हुन भन्ने उनको मनमा लाग्दैन र सोच्दै बस्छिन् ” यस्पाली आमा भको ठाउँ जान नपाउने भए,

लकडाउन हुने भनेपछि रोजगारी र अध्ययनको शिलशिलामा सहर बसेका कतिपय मानिस आफ्नु गाउँ तत्कालै फर्किए/आए भने कोही अहिले पनि हिडेर आउने क्रम जारी छ । धेरै समय पछी गाउँ जानेर र सबै परिवारसँग भेट हुने खुसियाली लिएर आएका थिए छोरा, बुहारी,छोरी, नातिनातिना । यता हजुरबुबा आमा लाई पनि आफ्ना सन्तान केहि दिनको लागी मात्रै पनि संगै हुन पाउने खुसिले सिमा नाघेको थियो । सुरुमा एक हप्ताको लागि भनिएको लकडाउन कोरोना भाइरसको सङ्क्रमण बढ्ने भन्दै सरकारले लकडाउनको समयावधि थप गरेर एक महिना बढी पुर्याइ सक्यो । सुरु सुरुका दिन त राम्रोसँग नै बिते । तर अब “एउटै सिरानी भएपछि खुट्टा लाग्छ” भने झैँ घरपरिवारमा मनमोटाव सुरु हुन थालेको छ । नहोस् पनि कसरी, सहरमा ३-४ जना खादै बस्दै आएका मान्छे अहिले गाउँ आएर १५-१६ जनासम्म एउटै भाडोमा पकाएको खाएर बसिरहेका छन् । विगतमा एक्कल र संयुक्त परिवारको ढाँचा किताबमा मात्रै पढ्नेहरूले वर्तमान समय आफ्नु जिवनमा भोगेर नयाँ अनुवभव लिइरहेका छन् । यस क्रममा सासुको परम्परागत व्यवहार बुहारीलाई र बुहारीको आधुनिक व्यवहार सासुलाई पचिरहेको छैन । अनि मन भित्रै एक अर्का प्रती रिस बढाउन सुरु भएको छ ।

      यस्तै माहोलाको बिचमा परेकोछ यसपालिको मातातिर्थ औंसि, यो समय कोहिकोहिका विवाहित छोरी मात्रै माइत अर्थात् आमा सङ छन् । एक डेढ महिना अघि देखि माइत गएर औंसिको लागि बस्ने पनि कुरा भएन अहिले जाउ लकडाउनको समय छ । सामान्य रूपमा खेतीपाती भन्दा बाहेकको काममा जान पाइदैन । सासुको मनमा यो बेला यस्पाली छोरी आउन न पाउने भइ, धेरै भको थियो भेट नभएको पनि न्यास्रो लागी सक्यो भन्नी छ । त्यही घरकी बुहारी सासु भन्दा पढे लेखेकी र बुझेकी भएर पनि मन भने माइतीघरमा नै पुर्याएकी हुन्छिन् । सासु नै मेरी आमा हुन भन्ने उनको मनमा लाग्दैन र सोच्दै बस्छिन् ” यस्पाली आमा भको ठाउँ जान नपाउने भए, औंसिमा जाउला भनेर कति समय देखी पर्खेर बसेको जुरेको रहेनछ जानलाई … यस्तै यस्तै …… ।

       यसरी मन दुखाउदै गुनासो गर्ने दुवै नारी (सासुबुहारी) ले नै आफ्नु अगाडि भएका एक अर्काको मन बुझ्न सकेका छैनन । न सासुले यो वर्ष बुहारीलाई यही मेरी छोरी हो, मर्दा पर्दा यसैले गर्छे भनेर सोच्नसकिन न त बुहारीले नै जन्मदिने आमा छोडेर आएपछि मेरी आमा यिनै हुन् । कहिलेकाही त सासुसंगै बसेर माता तिर्थ औंसि मनाउदा फरक पर्दैन भन्ने सोचिन ।

        हामीले “नजिकको तिर्थ हेला टाढाको तिर्थ मेला” भन्ने नेपाली उखानलाई पछ्याउँदै आफु अगाडिका आफ्ना आमा र छोरी चिन्न सकेनौं भने, सासु बुहारी बिचको दुरी बढ्नेमा दुइ मत छैन । आमालाई आफुले सके अनुसार लत्ताकपडा र खानेकुरा दिएर यो पर्व मनाउन पर्छ ।

– शर्मिला न्यौपाने
गोलन्जोर गाउँपालीका, सिन्धुली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!