यात्रु लिएर उदयपुर हिडेको बस दुर्घटना

१३ बैशाख , २०७७

दुधौली न्युज –

       लकडाउनले काठमाडौंमा अलपत्र परेकाहरुलाई लिएर उदयपुर जाँदैं गरेको बस शनिबार बिहान दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय बर्दिबासका इन्स्पेक्टर सोनुकुमार साहले जानकारी दिए।

          बस पल्टिन लागेपछि ढोका खोलेर हामफाल्न खोज्दा बसको हुडले किचिएर सह–चालक बाबुराम विश्वकर्माको घटनास्थलमा ज्यान गएको इन्स्पेक्टर साहले बताए। मृतक विश्वकर्माको घर दोलखाको तामाकोसी –२  मा पर्छ। दुर्घटनामा गम्भीर घाइते भएका दोलखाकै तामाकोसी-२ का २२ वर्षीय  प्रदीप विश्वकर्माको बर्दिबासस्थित शुभ स्वस्तिक हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

        उदयपुरको चौडण्डी नगरपालिकाले लकडाउनमा अलपत्र परेका आफ्ना नगरभरीका स्थानीयलाई बस व्यवस्थापन गरेर ल्याउँदै गरेको बस आज बिहान चार बजे दुर्घटनामा परेको हो। दुर्घटना लगतै बसका चालक फरार भएको प्रहरीले जनाएको छ।
विपी राजमार्ग अन्तरगत बर्दिबास नगरपालिकाको पाटु चोकभन्दा उत्तरतिरको मोडस्थित सडक नालीमा बस गएर पल्टिएको बर्दिबास नगरपालिका वडा नम्बर–३ का वडा अध्यक्ष राजन ढुङ्गानाले बताए।

बा ३ ख ४०३६ नम्बरको बसमा शुक्रबार राति १० बजे ३५ जनालाई काठमाण्डौंबाट यात्रु लिएर उदयपुर हिडेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!