मरिण गाँउपालिको भवन निर्माण सम्पन्न

२ फागुण,२०७७
दुधौली न्यूज सम्बाददाता

                      सिन्धुली / जिल्लाको मरिण गाउपालिकाको अत्याधुनिक सुविधा सम्पन्न प्रशासकिय भवन निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भवनको शनिवार एक समारोहका बिच पुर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले उद्घाटन गर्नुभएको छ । ठेकेदार कम्पनी अनक कन्ट्रक्सन कम्पनी प्रा.लीले कुल ५ करोड लागतमा साढे तिन तलाको भवन निर्माण गरेको हो ।
भवन उद्घाटनको क्रममा पुर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समुहका अध्यक्ष प्रचण्डले ओली सरकारको प्रतिगमन विरुद्ध एकजुट भएर संघर्षमा उत्रन आह्वान गर्नु भएको थियो । प्रचण्डले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले शक्ति दुरुपयोग गर्दै संविधान, लोकतन्त्र र संघियता माथि प्रतिगमनकारी कदम चालेको उल्लेख गर्दै यस्तो कदम अब धेरै दिन नटिक्ने पनि बताउनु भएको थियो । मरिण गाउपालिका र अनक कन्ट्रक्सन कम्पनी प्रा.ली बिच २०७७ पुष मसान्त सम्ममा भवन निर्माण सम्पन्न गर्ने गरी २०७५ साल असार २६ गते सम्झौता भएको थियो । लिफ्ट समेत रहेको भवन अपाङ्गमैत्री समेत रहेको छ । नयाँ भवन बनेसँगै अब मरिण गाउपालिकाको प्रशासनिक कामकाज सोही भवनबाट हुनेछ ।

                सुविधा सम्पन्न भवन भने पछि जनतालाई छिटो, छरितो र सहज रुपमा सेवा प्रवाह गर्न सकिने मरिण गाउपालिका अध्यक्ष पानीराज बम्जनले बताउनुभयो । यस अघि भाडाको घरबाट गाउपालिकाको कार्यालय संचालन हुदैआएको थियो । नयाँ भवन भनेपछि कार्यालयको दैनिक प्रशासनिक कामहरु चुस्तदुरुस्त र व्यवस्थित ढंगमा सम्पादन गर्न सकिने प्रमुख प्रशासकिय अधिकृत विनोद पोखरेलले बताउनुभयो । भवनमा गाउपालिकाको सबै शाखाहरुको छुट्टाछुट्टै कोठाहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!