बीपी राजमार्गमा खाल्टाखुल्टी, दुर्घट्नाको जोखिम बढ्यो

२७ श्रावण, २०७७
दुधौली न्यूज सम्बाददाता
दुधौली /  बीपी राजमार्गको सिन्धुली खण्डमा सडकमा गरिएको कालोपत्रे उप्किएर खाल्टै खाल्टा बने पनि सबारी दुर्घट्नाको जोखिम बढ्दै गएको छ । कोरोना भाईरस संक्रमणका कारण राजमार्गमा सवारी साधन थोरै गुडेपनि खाल्टाखुल्टी बढ्दै गएको स्थानीयको भनाई छ । जापान सरकारको करिब २६ अर्ब लगानीमा बनेको उक्त राजमार्ग निर्माण सम्पन्न भएको हो ।

                   बीपी राजमार्गको सिन्धुली जिल्ला अन्तर्गत सदरमुकाम सिन्धुलीमाढी–खुर्कोट खण्डमा बढी खाल्टाखुल्टी भएको सदरमुकाम निवासी लोकराज देवकोटा बताउनुहुन्छ । उहाँले भन्नुभयो, “कालोपत्र गरिएको सडक देखेपछि सबारी साधन चलाउने जो सुकैले पनि वाह भन्ने गर्छन् । कम्तिमा केही वर्षका लागि ढुक्कसँग सवारी साधन चल्ने भयो भन्ने सबैको मनमा पर्छ । तर यहाँको बीपी राजमार्गमा गरिएको कालोपत्रे तीन महिना नपुग्दै उप्किएर खाल्टाखुल्टी बन्ने गरेको छ ।

                      भूकम्पले क्षती पु¥याएपछि कमलामाइ नगरपालिका–२ अन्तर्गत पिपलभञ्ज्याङमुनि बीपी राजमार्गको र्दुइवटा घुम्तीमा सबैभन्दा बढि कालोपत्रे उप्किएको सोही ठाँउका बासिन्दा एवं सबारी चालक (दश पांग्रे ट्रक) चालक हरि थापा बताउनुहुन्छ । उहाँका अनुसार ती दुइ घुम्तिमा गत वर्ष मात्र दुईपटक कालोपत्रे गरि टालिएको थियो । तर तीन महिना पनि टिकेन । गत बर्ष असार र लगत्तै कात्तिक महिनामा सडक पुनःनिर्माण गरि कालोपत्रे गरिएको थियो । अहिले उप्किएर सवारी साधन सहज चल्नलाइ गाह्रो भएको छ । दुई घुम्तीमा एर्मजेन्सी ब्रेक लगाउनु पर्ने अवस्था रहेको उहाँले बताउनुभयो । “यो दुई घुम्तिको सडक जहिल्यै भ त्किएको हुन्छ, कस्तो खालको काम गराइ हो,’ उहाँले भन्नुभयो, ‘भू कम्पले भत्किएको चियाबारी र पिपलभन्ज्याङ बीचको घुम्तीलाई विशेष ध्यान दिएर मर्मत सम्भार गर्नुपर्नेमा आँखामा छारो हालेझै गरि भएको मर्मत भएकाले तीन महिना टिक्दैन ।”

                 कैयौ पटक कालोपत्रे सहित मर्मत हुदा पनि फेरी उस्तै भएकाले गुणस्तरहिन काम भएको सबारी चालकहरुको ठम्याई पाईन्छ । जापान सरकारले हस्तान्तरण गरेकोपछि मर्मत संभारको जिम्मा सडक आयोजनाले लिएको छ । भुकम्प पछि भत्किएका खण्ड र अन्य खण्डमा ठुला खाल्टा हुदा दु र्घट्ना बढ्न थालेपछि सामान्य टालटुल गरिएको थियो ।  उनीहरुका अनुसार नेपालकै नमूना राजमार्गको रुपमा चिनिने बीपी राजमार्ग निर्माण सम्पन्न गरि जापान सरकारले नेपाल सकारलाई हस्तान्तरण गरेको केही बर्षमै राजमार्ग क्ष तविक्षत बन्दै गएको छ । चारखण्डमा विभाजित गरेर निर्माण सम्पन्न भएको राजमार्गमा खाल्डा नभएको ठाँउ कहिकतै छैन ।

           चार घण्टामा सिन्धुलीबाट काठमाडौको यात्रा तय गर्न सकिनेमा यतिखेर खाल्टाखुल्टीले छ देखि सात घण्टा लाग्ने गरेको अर्का बोलेरो जिप सन्तोष कार्कीले दुःखेसो पोख्नुभयो । बीपी राजमार्गको नागबेली सडकको दृश्याबलोकन गर्दै काठमाडौं जाने गरेका मोटसाइकल चालक सडकको खाल्टाखुल्टीकै कारण हैरान हुने गरेका छन् । घुमाउरो र अत्यन्त आकर्षक सडक खाल्टैखाल्टा भई धेरै भत्किएमा राज्यलाइ ठुलो भारपर्ने गोलन्जोर गाँउपालिकाका अध्यक्ष पुष्प कार्कीको भनाइ छ । सडकको भारवहन क्षमता र समयमै खाल्टाखुल्टी मर्मत गरे मात्र राजमार्ग बढि टिक्ने भएकाले स्थानीय तह र सडक आयोजनाले मिलेर काम गर्न उहाँले सुझाउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!