बिजुली पुगेपछि स्थानीय हर्सित

कार्तिक ९, धनराज श्रेष्ठ / दुधौली न्युज –

 

उदयपुरको कटारी नगरपालिका ८ सिरिसे गाँउमा पहिलोपटक बिजुली बलेको छ । विद्युतको सुविधा नपुगेको सिरिसेमा बिजुली बलेसंगै स्थानीयबासी खुशी भएका छन् ।
शनिवार अनौपचारिक कार्यक्रमका साथ विधुत विस्तार समितिको अध्यक्ष गणेश बहादुर मगर र विधुत प्रसारण शाखा कटारीका प्रमुख भगवान देव चौधरीले मिटरबक्सको स्वीच अन गरेपछि सिरिसेमा पहिलोपटक विद्युुत बलेको हो । बिजुली बलेपछि त्यस गाँउका १५ घरधुरी उज्यालोमा बस्न पाउने भएका छन् । अहिले विषेश गरि हिन्दुहरुको दोश्रो ठुलो पर्व दिपावली लाई लक्षित गरि १५ घरमा मिटर बक्स जडान गरेर बिजुली बालिएको छ भने अवको १५ दिन देखी १ महिना भित्र ८ नं वडाको अन्य घरधुरीमा पनि बिजुली बाल्ने तयारी गरिएको वडा अध्यक्ष कमल श्रेष्ठ ले जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठका अनुसार कटारी नगरपालिका ८ को आहाले, थलिया र कोल्वोटमा १ महिना भित्र विधुत विस्तार हुनेछ ।
सिरिसेका स्थानियबासीहरु गाँउमा पहिलोपटक बिजुली बलेपछि हर्षित भएका छन् । धिपधिपे टुकी र सोलारको मधुरो बत्तीमा रात काट्दै आएका उनिहरु विजुली बत्ती बाल्न पाएपछि खुसी देखीन्थे । कटारी नगरपालिकाको करिब १५ लाख लगायतको सहयोगमा विधुतीकरण सम्पन्न गरिएको श्रेष्ठले बताउनु भयो । उहाँले काम गर्नेलाई जस दिन र उत्साहा जगाउन सक्नुपर्ने भन्दै खुट्टा तान्ने प्रबृत्ती अन्त्य हुनुपर्ने अध्यक्ष श्रेष्ठको भनाई छ । उहाँले निर्वाचनका बेला गरेका आश्वासन क्रमशः पुरा गर्दै लैजाने प्रतिबद्धता जनाउनुभयो । वर्षाै देखिको बिजुली बाल्ने सपना अहिले पुरा भएको भन्दै उहाँले बिजुली बलेपछि गाँउको मुहार फेरीने विश्वास व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!