बादलले पुन: गृहमन्त्रीमा सपथ खाए


५ बैशाख,२०७८
दुधौली न्युज ब्युरो –
काठमाडौं / गृहमन्त्रीमा रामबहादुर थापा बादल ले पुन सपथ खाएका छन् । उनलाई ससद सचिवालयले पद मुक्तको घोषण गरेको थियो । नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका बादल एमालेमा लागेपछि माओवादीको कारवाहीको पत्रानुसार संसद सचिवालयले आज बिहान बादलको पद रिक्त भएको सूचनामार्फत जानकारी गराएको थियो । उनलाई आजै प्रधानमन्त्री केपी शर्मा ओलीले पुनस् गृहमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन् ।

           राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित विशेष समारोहमा बादललाई पद तथा गोपनियताको सपथ गराएकी छन् । यसअघि सामान्यतया माओवादीका मन्त्रीहरूले सपथमा सुटपेन्ट लगाउने गरेका थिए तर बादलले यस वेला नेपाली पोशाक दौरासुरुवालमा उपस्थित भएर सपथ ग्रहण खाएका हुन् ।

      सपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी थिए । उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटा भने उपस्थित भएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!