फोन गर्न रुख र डाँडा खोज्नु पर्ने देशमा अनलाईन शिक्षा ?

बिचार

“भविष्यका कर्णधार” भनेर बालबालिकालाई चिनिन्छ । अर्थात् सम्बोधन गरिन्छ । यतिबेला तिनै बालबालिका स्वयम्को भविष्य कता तिर जान्छ त ? सबैको मनमा प्रश्न उठ्न थालेका छन् । प्रश्न नहोस् पनि कसरी ? नेपालमा लकडाउन भएको डेढ महिना बितिसक्यो । मानिसहरू घर बाहिर निस्कन पाएका छैनन् । त्यसको सबैभन्दा बढी असर बालबालिकामा परेको छ ।

हामी सबैलाई जानकारी भएको कुरा हो, नेपालका ग्रामीण क्षेत्र भौगोलिक रूपमा विकट छन् । र सञ्चारको क्षेत्रमा अझै आवश्यकता अनुसारको विकास हुन सकेको छैन । यस्तो अवस्थामा अनलाइन कक्षा सञ्चालन भएको समाचार सुनेपछि गाउँ फर्किएका युवाले सामाजिक सञ्जाल (फेसबुक) मा व्यङ्गय गरेका छन् ।

                    उनिहरू विद्यालय जान, साथीसँग खेल्न, पढ्न रुचि राख्छन् । यस्ता अवसरबाट अहिले बालबालिका बन्चित जस्तै बनेका छन् । घर भित्र नै बस्ने र अभिभावकसँग समय बिताउने दैनिकी बनेको छ । विश्व नै यतिबेला कोरोना भाइरस (कोभिड १९) को चपेटामा छ । औषधि पत्ता लागि सकेको छैन । यसको प्रत्यक्ष असर शिक्षामा प¥यो । विद्यालय बन्द छन् । कोरोना कहिले हट्छ ? लकडाउन कहिले खुल्छ ? यसको जवाफ कसैले दिन सक्ने अवस्था छैन । बन्दाबन्दी अर्थात् देश लकडाउन भयो भन्दैमा विद्यार्थीको सिकाइ प्रक्रिया बन्द गर्नु हुँदैन । विज्ञान र प्रविधिको क्षेत्रमा भड्को मार्दै गरेको विश्व परिवेशमा आधुनिक शिक्षण सिकाइ प्रक्रिया तिर ध्यान पु¥याउनु पर्ने हुन्छ । यसै अनुरुप विश्वका धेरै देश लगायत नेपालले पनि प्रविधिको सदुपयोग गर्दै अनलाइन कक्षाको सुरुवात गरेको समाचार आइरहेका छन् ।

                             नेपालमा अनलाइन कक्षा सञ्चालन गर्नेमा सहरी क्षेत्रका निजि विद्यालय (बोर्डिङ) र त्रिभुवन विश्व विद्यालय अन्तर्गतका कलेजहरू रहेका छन् । यो समय सहरमा बसेर पढ्ने धेरै विद्यार्थी गाउँ फर्किएका छन् । हामी सबैलाई जानकारी भएको कुरा हो, नेपालका ग्रामीण क्षेत्र भौगोलिक रूपमा विकट छन् । र सञ्चारको क्षेत्रमा अझै आवश्यकता अनुसारको विकास हुन सकेको छैन । यस्तो अवस्थामा अनलाइन कक्षा सञ्चालन भएको समाचार सुनेपछि गाउँ फर्किएका युवाले सामाजिक सञ्जाल (फेसबुक) मा व्यङ्गय गरेका छन् । उनीहरूले व्यङ्गयको रुपमा दुइवटा तस्बिर (फोटो) फेसबुकमा भाइरल बनाइ रहेको देख्न सकिन्छ । एउटा तस्बिर फोन गर्नको लागी मानिस रूखमा चढेको छ भने अर्को सरकारी विद्यालयको पोसाक (ड्रेस) लगाएका सानो विद्यार्थी छन् जो आर्थिक रूपमा विपन्न समुदायको जस्तो देखिन्छन् ।  यी तस्बीर जुनसुकै प्रयोजनको लागि खिचिएको भएपनि नेपालमा सञ्चारको अवस्था र अनलाइन कक्षा लिने विद्यार्थीको अवस्था बताउन उपयुक्त देखिन्छन् ।  शहर पसेर केहि सिके बुझेका साथै नेट इन्टरनेट प्रयोग गर्न सक्ने भएका युवा गाउँमा छन् । जो त्रिभुवनविश्व विद्यालय अन्तर्गतका कलेजहरूमा पढ्ने वर्ग भित्र पर्छन् । गाउँमा वाईफाइ छैन मोबाइल नेटवर्कले राम्रोसँग काम गर्दैन । फोन गर्नकै लागी डाडा र रूख चढ्नु पर्छ । अब अनलाइन कक्षा कसरी लिने ? चिन्ताको विषय बन्न पुगेको छ । केहि गाउँमा मोबाइल नेटवर्कले काम नगर्ने पनि होइन ।

दुःखका साथ भन्नु पर्छ बेरोजगारीको चपेटामा परेका नेपालीले मोबाइल डाटाबाट अध्ययन गर्न सम्भव छैन । रिचार्ज कार्ड पनि पाउन मुस्किल छ । नेपाल टेलिकमले विभिन्न सर्तमा विद्यार्थीको लागि ल्याउने भनेको सौलियत अफर पनि खासै प्रभावकारी हुने देखिदैन । जुनसुकै माध्यमको प्रयोग गरेपनि शिक्षाको आवश्यकता सबैलाई पर्छ । तर अनलाइन शिक्षण सिकाइको प्रभावकारीता कति छ त ? यस विषयमा सम्बन्धित निकायले अध्ययन गर्न आवश्यक छ ।   विद्यालय तहमा अध्ययन गर्ने साना बालबालिकाको समस्या पनि उस्तै छ । शहर गएर बोर्डिङमा पढ्ने केहि विद्यार्थी यो समय गाउँ फर्किएका छन् । अर्को कुरा बोर्डिङ पढाउने सबै परिवारको आर्थिक अवस्था सबल पनि हुँदैन । कति अभिभावकले ज्याला मजदुरी गरेरै आफ्ना सन्तानको उज्वल भविष्यको लागि भन्दै महङ्गो शुल्क तिरेर बोर्डिङ पढाइ रहेका छन् । उनिहरुसङ इन्टरनेटको पहुँच, पढ्न मिल्ने मोबाइल , ल्यापटप र कम्प्युटर लगएतका अनलाइनमा पढ्न आवश्यक पर्ने वस्तु छैनन् । केहि सक्षम परिवारले पनि अनलाइनमा कसरी पढ्ने ? जुम एप्लीकेशन कसरी प्रयोग गर्ने पनि बुझ्न सकेका छैनन् । उनीहरुलाई कस्ले सिकाउने अनलाइन कक्षा कसरी लिन सकिन्छ ? भनेर । केहि केहि विद्यालय र शिक्षकले फोन र म्यासेजमा सिकाएका त होलान् । तर त्यतिले मात्र पर्याप्त हुने देखिँदैन । त्यसकारण निजि विद्यालयको यो कदमलाई पैसा असुल्ने तरिका भनेर टिप्पणी गर्नेको पनि कमि छैन । केहिकेहि प्रविधिको प्रयोग गर्न जानेका अभिभावकले त अनलाइन बाट छोराछोरीलाई पढाइ रहेका पनि छन् ।

विद्युत सेवा नेपालका सबै ठाउँमा पुगिसकेको छैन । केहि गाउँमा आर्थिक रूपमा सम्पन्न परिवारले सोलार बत्ति ( सौर्य उर्जा ) बाट टेलिभिजन हेरिरहेका छन् । तर पढ्ने विद्यार्थी त सबै घरमा हुन्छन् । आर्थिक अवस्था कमजोर भएका परिवारले पनि शिक्षा लिन त पाउनु पर्छ । टेलिभिजन किन्न रेडियो भन्दा बढी पैसा आवश्यक पर्छ । तर सबैको घरमा टेलिभिजन हुँदैन । त्यसकारण बढी प्रभावकारी भए पनि टेलिभिजनको मात्रै भर पर्ने अवस्था नेपालमा अझै बन्न सकेको छैन ।

सरकारी विद्यालयमा अनलाइन पढाइको लागि झन बढी समस्या हुन्छ । पहिलो कुरा त अभिभावकले पढाइको लागि आवश्यक वस्तु उपलब्ध गराउन गाह्रो हुन्छ । अर्को कुरा सरकारी विद्यालय ग्रामिण क्षेत्रमा बढी छन् । जहाँ विद्युत सेवा सहज छैन । मोबाइल नेट्वोर्क राम्रो नभएको ठाँउमा इन्टरनेटबाट अनलाइन पढ्ने कसरी कल्पना गर्नु ? काहिँ काहिँ नेटवर्कले काम गर्छ । तर केहि बाहेक सरकारी विद्यालय, त्यसमा पनि ग्रामिण क्षेत्रका शिक्षक नै आधुनिक प्रविधिको प्रयोग गर्न खासै जान्दैनन् । अब त्यस्तो विद्यालयमा अध्ययन गरेका विद्यार्थीले कसरी लिन सक्छन् होला र ? अनलाइन कक्षा । मैले माथि नै चर्चा गरिसकेँ युवाहरूले फेसबुकमा फोटो भाइरल बनाएको कुरा । म पनि त्यही युवा समुदाय भित्रको एक हुँ , र मेरो पनि भनाइ यही हो । “सबै ग्रामिण समुदाय र शहरमा पनि स्रोत साधन नभएका, भएर पनि प्रयोग गर्न नजान्ने परिवार धेरै छन् । त्यसकारण अनलाइन शिक्षण सिकाइ प्रक्रिया स्वागत योग्य भएपनि यसको मात्रै भर गर्नु हुँदैन ।”

               अनलाइन बाट देश भर पढाउन सम्भव हुन्न भने अब को विकल्प के ? तपाईंको मनमा प्रश्न उठ्यो होला । अथवा वैकल्पिक र प्रभाव माध्यम अनुमान गरिसक्नु भयो होला । यो समय शिक्षणको लागि आम–सञ्चार माध्यमको सर्वत्र चर्चा भइ रहेको छ । किनकि नेपाल सरकारले पनि कोरोनाको त्रासका कारण तत्काल नयाँ भर्ना नगर्न र विद्यालय सञ्चालन नगर्न आग्रह गरेको छ । आम–सञ्चार माध्यमको एक अनलाइनको चर्चा भइ सक्यो । अब कुरा गरौं टेलिभिजन र रेडियोको । हेर्न र देख्न ( श्रव्य रदृश्य ) दुवै सकिने भएको हुँदा टेलिभिजन रेडियोको तुलनामा प्रभावकारी हुन्छ । विद्युत सेवा नेपालका सबै ठाउँमा पुगिसकेको छैन । केहि गाउँमा आर्थिक रूपमा सम्पन्न परिवारले सोलार बत्ति ( सौर्य उर्जा ) बाट टेलिभिजन हेरिरहेका छन् । तर पढ्ने विद्यार्थी त सबै घरमा हुन्छन् । आर्थिक अवस्था कमजोर भएका परिवारले पनि शिक्षा लिन त पाउनु पर्छ । टेलिभिजन किन्न रेडियो भन्दा बढी पैसा आवश्यक पर्छ । तर सबैको घरमा टेलिभिजन हुँदैन । त्यसकारण बढी प्रभावकारी भए पनि टेलिभिजनको मात्रै भर पर्ने अवस्था नेपालमा अझै बन्न सकेको छैन ।

                           अब कुरा गरौं शिक्षण सिकाइको लागि रेडियो । एक समय सामाजिक संजालको प्रयोग बढ्यो । रेडियो नियमित सुन्ने श्रोता घटे । जब आपतविपद पर्छ सबैले रेडियो नै सम्झन्छन् । २०७२ सालको भुकम्पमा पनि रेडियोको महत्व धेरै भयो । अहिले फेरि त्यस्तै छ रेडियोको लोकप्रियता । सस्तो, सरल र जहाँ जहिले पनि सुन्न सकिने सबैको पहुँच पुग्ने भएको कारण पनि रेडियोको लोकप्रियता घटेको छैन । दसैं तिहारमा होस् या अन्य समय शहरबाट गाउँ फर्किएपछि सबैलाई रेडियो नसुनी चित्त बुझ्दैन । त्यसकारण समय समयमा रेडियो सुन्ने श्रोता घट्बढ् भएपनी रेडियो नेपालको स्थापना काल देखि नै आम–सञ्चार माध्यममा रेडियोको सबैभन्दा बढी महत्व छ भन्दा कुनै आपत्ति नहोला ।

                                 अहिलेको परिवेशमा विद्यालय र कलेज बन्द छन् । कोरोनाको प्रकोपको कारण भिडभाडमा नजानु राम्रो हुन्छ । घरमै बसेर भएपनि शिक्षा लिनुपर्छ । त्यसको लागि हालसम्म नेपालको सम्पुर्ण अवस्था अनुसार रेडियो सबैभन्दा बढी उपयोगी माध्यम बनिरहेको छ । यसै अनुसार अहिले ग्रामिण क्षेत्र ( मोफसल ) का धेरै रेडियोले २०७६ सालमा हुनु पर्ने तर कोरिना भाइरसको कारण रोकिएको एस.ई.ई. परिक्षा लक्षित कार्यक्रम प्रसारण गर्न थालेका छन् । यस्तो कार्यक्रम सञ्चालन भयो भनेर समाचार सुन्न पाउदा धेरै खुसी लागेको छ । एस.ई.ई. को तयारी गरिरहेका धेरै विद्यार्थी भाइबहिनीहरू रेडियो शिक्षा प्रति खुसी पनि छन् । ज–जस्ले र जुन–जुन निकायले रेडियो शिक्षा कार्यक्रम उत्पादन र प्रसारण सहयोग गर्नु भयो । तपाईंहरू सम्पुर्णलाई धेरै धेरै धन्यवाद ।  एस.ई.ई. परिक्षा दिने मात्र विद्यार्थी होइनन् वा छैनन् । यो कुरालाई पनि मध्य नजर गर्दै अब सम्बन्धित रेडियो र निकायले विद्यालय तहका करिब ७५ लाख बालबालिकालाई समेट्ने गरि प्रत्येक ठाउँका रेडियोहरूले रेडियो शिक्षा कार्यक्रम उत्पादन गर्नु आवश्यक छ । यसका साथै सम्भव भएसम्म त्रिभुवन विश्वविद्यालय अन्तर्गतका करिब २२ लाख विद्यार्थी लक्षित कार्यक्रम पनि बनाउदा अझै राम्रो हुने देखिन्छ ।

                               अरू पक्ष रेडियोको राम्रो छ । तर म आफुले देख्दै आएको एउटा समस्या भनेको जब हावाहुरी र अलि धेरै ठुलो पानी परेपछि ग्रामिण क्षेत्रका रेडियोहरू बन्द हुन्छन् । यस्तो किन भइरहेको छ ? यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण होस् । खुसि कुरा त देश भरि सरकारी विद्यालयको पाठ्यक्रम एउटै छ पढाउन अफ्ठ्यारो हुँदैन । तर शिक्षाको क्षेत्रमा ठुलो हिस्सा ओगटेको निजि क्षेत्र बोर्डिङ स्कुलमा विद्यालय अनुसार किताब फरक हुन्छ । यो विषयमा सरकारकै ध्यान पुग्न आवश्यक छ । तर सम्भव भएसम्म सरकारी र निजि विद्यालयको पाठ्यक्रम एउटै बनाउदा राम्रो हुन्छ । किनकि निकट भविष्यमा आउने यस्ता धेरै विपत्तिको एउटा माध्यमबाट सामना गर्न सहज वातावरण हुन्छ । यसका साथै निजि र सरकरी विद्यालय अनि विद्यार्थी बिच रहेको खाडल पनि कम हुन सक्छ । यो अवसरलाई नेपाल सरकारले खेर नफालोस ।

  –   शर्मिला न्यौपाने
गोलन्जोर गाउँपालिका, सिन्धुली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!