फैसलालाई सम्मान गर्दै सिन्धुलीमा दिप प्रज्वलन


११ फागुन,२०७७
दुधौली न्युज सम्बाददाता
दुधौली / सिन्धुलीमा पनि सर्वाेचो अदालतले गरेको फैसलालाई सम्मान गर्दै दिप प्रज्वलन गरिएको छ । जनताको पक्षमा फैसला सुनाएको भन्दै नेपाल कम्युनिष्ट पार्टी दाहाल नेपाल पक्षले दिप प्रज्वलन गरेको हो ।

                   आज साझ सिन्धुलीका विभिन्न स्थानहरुमा दिप प्रज्वलन गरेर खुशी मनाएको बागमती प्रदेश सभा सदस्य तथा नेकपा सिन्धुलीका अध्यक्ष लेखनाथ दाहाल(राजन) ले बताउनु भयो । यो सगैँ संसद पुनःस्थापनका पक्षमा सर्वच्व अदालतले फैसला गरेपछि देशै भर खुशी मनाईएको छ । प्रधानमन्त्री ओलीले पुस ५ गते संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा भंग गरेका थिए । ओलीको कदम असंवैधानिक भएको ठहर गर्दै सर्वोच्च अदालतले मिति नै तोकेर १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन प्रधानमन्त्री र राष्ट्रपति कार्यालयलाई आदेश दिएको छ ।

              संसद बैठकको समयसीमा नै तोकेर सर्वाेच्च अदालतले केपी ओलीबाट हुन सक्ने सम्भावित षडयन्त्रलाई पनि रोकेको छ । सर्वोच्चको आदेशसँगै प्रधानमन्त्री र राष्ट्रपति कार्यालय सामु नैतिक र राजनीतिक प्रश्न खडा भएको छ, अब प्रधानमन्त्री केपी ओलीलाई सरकारमा बस्ने संवैधानिक, राजनीतिक र नैतिक आधार अधिकार छ ? प्रधानमन्त्री ओली र उनीनिकट केही नेताबाहेक कोही पनि संसद विघटनको पक्षमा थिएनन् । नेपालको मूलधारको कानुनी क्षेत्रमा रहेका कुनै पनि वकिल र अधिवक्ता ओलीले गरेको कदमको पक्षमा उभिएनन् ।

 यसमा नेपालको न्यायालय धन्यवादको पात्र बनेको छ । संवैधानिक इजलासका ५ जना न्यायमूर्तिहरु एकमत भएर संविधानको रक्षार्थ उभिएका छन् । वर्तमान संविधानले प्रधानमन्त्रीलाई धारा ७६ (७) बाहेक अन्यत्रबाट संसद विघटनको अधिकार नै दिएको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!