परिक्षामा सामेलहुन दोहोर दस्तुर


१८ कार्तिक,२०७७
दुधौली न्युज सम्बाददाता –
दुधौली / सिन्धुलीका कक्षा ११ मा अध्यनरत विद्यार्थिहरुले दोहोरो परिक्षा दस्तुर तिरेर परिक्षामा सामेल हुनु पर्ने भएको छ । सिन्धुलीमा कोभिड १९ कारण रोकिएको कक्षा ११ को परिक्षामा सामेल हुन विद्यार्थीहरुले परिक्षा दस्तुर दोहोरो तिर्नुपर्ने भएको हो । कार्यविधि बनाएर कक्षा १२ को परिक्षा हुने भएपछि कक्षा ११ का विद्यार्थिहरुको परिक्षा लिन विद्यालयहरुले सहमती जनाएका हुन् ।

                      माध्यामिक विद्यालयतह कक्षा ११ को परिक्षामा सामेल हुनका लागि पाचसय रुपैंया थप दस्तुर बुझाउनुपर्ने विद्यालयहरुले नियम बनाएका छन् । यसअघि परिक्षा दस्तुर वापत प्रति विद्यार्थी ६ सय रुपैंया असुल गरिएको थियो । कोभिड १९ का कारण विद्यालयमा गएर अध्ययन गर्न नपाएका विद्यार्थीहरुलाइ दोहोरो दस्तुर लिनु गैर कानूनी भएको र तत्काल निर्णय फिर्ता लिन विद्यार्थी अगुवाहरुले चेतावनी दिएका छन् । पहिला नै परिक्षा दस्तुर ६ सय लिइएको छ, फेरि परिक्षामा सामेल हुनका लागि पाचसय थप गर्नु अन्याय हुने भएकाले निर्णय पुनराबलोकन गर्न नेपाल विद्यार्थी संघ सिन्धुलीका अध्यक्ष उत्पल खड्काले बताउनु भयो । उहाँले विद्यार्थीहरुलाई दोहोरो मार पार्ने काम भए चुप भएर नवस्ने चेतावनी दिनु भयो ।

                     राष्ट्रिय परिक्षा वोर्डले कोभिड १९ का कारण परिक्षा संचालन खर्च पठाउन नसकिएका विद्यार्थीहरुसगँ उठाउन लागिएको बुझिएको उहाँको भनाइ छ । गतवर्ष नै परिक्षा दस्तुर लिइसकेपछि फेरि विद्यार्थीहरुलाई परिक्षा संचालन खर्च भनेर माग्नु जायज नहुने उहाँको तर्क छ । शिक्षा विकास तथा समन्वय ईकाईका अनुसार जिल्लाका नौ वटै स्थानीय तहका शिक्षाशाखा प्रमुख, पेशागत संगठनका प्रमुख र विद्यालयका प्रधानाध्यापकहरु बीच कात्तिक २१ गदेदेखि परिक्षा सुरु गर्ने सहमति भएको छ ।

                  राष्ट्रिय परिक्षा वोर्ड जनकपुरका प्रकाश काफ्लेका अनुसार ६ सय रुपैंया“ लिएकोमा दुइसय रुपैंया“ प्रवेशपत्र र अन्य खर्च तथा बा“की चारसय रुपैंया“ कक्षा १२ को परिक्षामा विद्यार्थीहरुलाइ मिलान गरिदिने सहमती भएको छ । राष्ट्रिय परिक्षा वोर्डले यस्तो व्यवस्था गरेको भनि सूचना भने कहिंकतै प्रकाशित गरेको छैन् । परिक्षा वोर्डले सहमती जनाएको हो भने सूचना प्रकाशित हुनुपर्ने र पा“सयको ठाउ“मा चारसय मात्र माग हुनुपर्ने तिनै अध्यक्ष खड्काको राय छ । विद्यार्थीहरुबाट १६ लाख भन्दा बढि असुल गरि हिनामिना गर्न नपाइने उहाँको भनाई छ । पहिला राष्ट्रिय परिक्षा वोर्डले लिएको शुल्क कक्षा १२ मा मिलान हुने निर्देश भएकाले सोही अनुसार गरिएको प्रभात मावि रानीवासका प्रधानाध्यापक अरुणकुमार थिङले बताउनु भयो ।

             शिक्षा विकास तथा समन्वय ईकाईका सिन्धुलीका प्रमुख नेत्रप्रसाद गजुरेलले राष्ट्रिय परिक्षा बोर्डले कोभिड–१९ का कारण रोकिएको कक्षा ११ को परिक्षा विद्यालय आफैले सञ्चालन गर्ने कार्य विधि बनाएको जानकारी दिनु भयो । उहाँका अनुसार परिक्षामा सिन्धुली जिल्लाका क्याम्पस सहित ६३ वटा माविका कक्षा ११ मा अध्ययनरत तीनहजार १५० विद्यार्थी सहभागि हुने छन् । परिक्षा विद्यालयले फरक फरक मितीमा गर्नु भन्दा एउटै मितिमा संचालन गर्न सहमति जुटेको छ । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को परिक्षा मंसिर ९ गतेबाट संचालन गर्ने मिति तोकेको र त्यो भन्दा अगाडी नै कक्षा ११ को परिक्षा सक्न कार्यविधिमा उल्लेख गरेको पनि ईकाई प्रमुख गजुरेलले जानकारी दिनु भयो । कक्षा ११ को परिक्षाको मिति तयसगै विद्यालयले परिक्षाको तयारी सुरु गरेका छन् ।

            कोरोना भाईरसका कारण परिक्षा सञ्चालन हुन सकेको थिएन् । माहामारी र संकटको समयमा एक पल्ट परिक्षा सुल्क बुझाई सकेका विद्यार्थिहरुले पुःन परिक्षा सुल्क बुझाउनु पर्दा उनिहरु परिक्षा दिन बाट बञ्चित हुने अवस्था छ । हुनेले परिक्षा सुल्क बुझाउलान तर नहुनेले के गर्लान त ? संकटको समय सम्बन्धित निकाय निकास निकाल्नुको सट्टा चुपचाप बसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!