दोश्नो दिनको खेलमा बिवादै बिवाद


२७ माघ,२०७७
दुधौली न्युज सम्बाददाता –

             दुधौली नगरपालिकामा भएको मेयरकप फुटबल प्रतियोगिता २०७७ को दोश्रो दिनको दोश्रो खेल बिवादै बिवाद बिच खेल समापन भयो । बिबाद भए पनि वडा नं. ११ ले ० का विरुद्ध २ गोल गर्दै खेल जितेको हो ।

          दुधौली नगरपालिकाको वडा नम्बर ११ र वडा नम्बर ७ बिच भएको खेलमा वडा नम्बर ११ को तर्फबाट बल मिचाई तरिकाले खेलको सुरुवात देखि नै हावी भएको थियो । आयोजक समितिले राखेको नियम बिपरीत नागरीता र हालसालै खिचेको तस्विर नै नहुदा समेत चिनाजानको आधारमा वडा नम्बर ११ को तर्फबाट खेल मैदानमा पसेका जर्सि नम्बर ९ का मिजास कार्कीे खेल समय भरी नै सबै माझ हावी देखिए ।
दुधौली नगरपालिका वडा खेलकुद बिकास समिति संयोजकले आफ्नो खेलाडी परिवर्तन गर्ने बिषयलाई लिएर त झनै विवाद चर्कीएको थियो । संयोजकले खेलाडी परिवर्तन गर्न आग्रह गरेर रेफ्रीले समेत समय रोकीसक्दा समेत अटेर गरी खेल सुरु गर्न भनि अटेर गरेर खेली रहे । खेलाडी कार्कीको अटेरी पछि सबै वडा समितिको आकस्मिक गरेको निर्णय अनुसार उक्त खेलको लागि कसैलाई पनि खेलाडी परिवर्तन गर्न नपाउने भए पछि कार्की र आयोजक तथा संयोजक बिचमा भनाभनको स्थिति र्सिजना भएको थियो । मेयर कपको छनोट समितिमा समेत रहेका उनले समितिको सदस्य भन्दा खेल ठूलो भन्दै समितिमा नाउ काटी देउ भन्दै मैदानमा छिरेका थिए ।

             आयोजक कमिटिको संयमता र धैर्यताको कारण खेललाई सेफ ल्याण्डिङमा पु¥याएको प्रत्यक्षदर्शीको भनाई रहेको छ । यता वडा नम्बर ११ कै खेलाडीहरुले खेल्न नपाएको दुखित त छदैछ विवादको कारण आफुहरुले जितेको खेल पनि खल्लो भएको केहि खेलाडीहरुले गुनासो गरेका छन् ।

            आयोजक समितिका सदस्य सुवर्ण अधिकारीका अनुसार आफ्नै गाउको दाजुभाई संग मिलेर नियम भित्र रहेर जानु पर्छ भन्दा भन्दै उनले जवर जस्ति गरेको वताएका छन् । हामीले हुने र मिल्ने सम्मको गरेका हौ । सम्मान स्वरुप निर्णायक समितिमा राख्यौं तर केहि गर्दा पनि नभएर उल्टै झगडा नै गर्छन् । उनले भने । स्वाथ्याकाmेलागि राष्ट्रको लागि खेल मुल नारा भएको भए पनि यसरी खेलको नियम बिपरित अनुशासन विपरित आफ्नै तरीकाले खेलेको खेलले कतिको स्वस्थ रहला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!