दुधौली नगर कमिटी कार्कीकै पक्षमा रहेको पत्रकार सम्मेलन मार्फत जानकारी

३ फागुन,२०७७
दुधौली न्युज सम्बाददाता –
दुधौली / नेपाल कम्युनिष्ट पार्टी ओली समूहको सिन्धुली दुधौली नगर कमिटीले नेपाल कम्युनिष्ट पार्टी दुधौली नगर कमिटी लक्ष्मण कुमार कार्कीकै पक्षमा रहेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । आईतवार दुधौलीमा पत्रकार सम्मेलन गर्दै नगर कमिटीका अध्यक्ष लक्ष्मण कुमार काकीले नेकपा दुधौली नगर कमिटी आफ्नै अध्यक्षतामा रहेको बताउनु भएको हो ।

              प्रत्रकार सम्मेलनमा प्रस विज्ञप्ती जारी गर्दै केहि अराजक व्यक्तिहरुले आफ्नै पार्टीको सरकारलाई असफल पार्न भूमिका खेलेको आरोप लगाएको छ । साथै नगरमा पार्टीमा बहुमत सदस्यहरु आप्mनो पक्षमा रहेको पनि दावी गरेको हो । कमिटीको पत्रकार सम्मेलनमा नगर अध्यक्ष लक्ष्मण कुमार कार्की हस्ताक्षरित विज्ञप्ति जारी गर्दै कार्यकर्ताहरुलाई भ्रममा नपर्न पनि आग्रह गरिएको छ ।

         साथै, गएको २३ माघमा ओली समूहको काठमाडौंमा भएको वृहत जनसभामा सहभागी हुन सहयोग गर्ने सबैलाई कमिटीले धन्यवाद समेत दिएको छ । सभामा जिल्ला ईन्चार्ज विषमलाल अधिकारी ,केन्द्रिय सदस्य शान्तिमान कार्की, केन्द्रीय सदस्य डम्बर कार्की लगायतका समूहले सहभागीता जनाएकोमा सहयोग गर्ने सवैलाई धन्यवाद दिने निर्णय भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!