दुधौलीमा मलको अबैध कारोवार


२५ श्रावण, २०७७
दुधौली न्यूज सम्बाददाता
दुधौली / सिन्धुलीको दुधौली नगरपालिकामा खुलेयाम रासायनिक मलको कोलो बजारी छ । सरोकारवाला पक्ष निकम्मा नै बनेका छन् । खुलेयाम रुपमा रासायनिक मलको कालो बजारी छ तर सरोकारवाला निकाय प्रमाण छैन् भन्दै चुपचाप बस्ने गरेका छन् ।

                         दुधौली नगरपालिका वडा नम्बर १० कोगटीमा एक बोराको ९ सय ५० रुपैयाँ पर्ने युरिया मल व्यवसायिले २ हजार रुपैयाँमा सम्म बेचेका छन् । स्थानीय सहकारी कृषि सामाग्री केन्द्रमा मल उपलब्ध नभएको बताउने गर्छन् ।  धानमा हाल्न यूरीया मल सहकारीको भरमा पर्दा नपाएपछि महङगाेंमा भएपनि लिन बाध्य भएको कृषक श्रीलाल कुम्मरले बताए । उनले भने – “ यूरिया पहिले ९ सयमा पनि ल्याएका थियौँ, अहिले धानमा हाल्न ढिलो भयो महङगाें भएपनि लिन बाध्य छौँ । ”

                 कृषि सामाग्री केन्द्र सिन्धुलीले सहकारी मार्फत गाउँगाउँमा सुफत मूल्यमा युरिया मल वितरण गर्ने भने पनि मल समयमै नआएपछि आफुहरुले चर्को मूल्य तिरेर मल किन्न बाध्य भएको कृषक मानबहादुर पौडेले बताउनु भयो । कृषि सामाग्री केन्द्रमा रासायनिक मल मध्ये यूरीया मलको अभाव भएको सामाग्री केन्द्रले जनाएको छ । ब्यक्ति मार्फत राजश्व छलि गरिएको मल तराईबाट ल्याएर २ हजार रुपैयाँमा बिक्री गर्न गरेको एक स्थानियले बताए । उनले नाम नबताउने सर्तमा भने – “प्रहरीको आखाँ छलेर व्यपारीले मल ल्याउछ अनि महङगोंमा बेच्छन्, सहकारीले भनेको समयमा मल ल्याउन सक्तैनन् । ”

              उता, कृषि सामाग्री केन्द्र मल नाकामै अलमलिएको बताउने गरेको छ । केन्द्रका अनुसार मल भन्सारमै नरहेकाले यस्तो समस्या आएको हो । श्रावण अन्तीम सम्ममा कृषकको घर घरमा मल पु¥याउने उद्देश्यका साथ काम भईरहको केन्द्रले जनाएको छ ।  मलको अभाव र कालो वजारी रोक्न निश्चित मापदण्ड बनाएर सबै ब्यवायिलाई मल बिक्री गर्न दिए मात्र कृषकले समयमै सरल तरिकाले मल प्राप्त गर्न सक्ने व्यापारीहरु बताउछन् । मलमा कालो बजारी भइरहँदा पनि स्थानीय सरकार भने मौन बसेका छन् । स्थानीय सरकारले कृषि क्षेत्रको विकास र प्रवद्र्धको लागि ठूला ठूला योजनामाहरु बनाए पनि ती योजनाहरु कागजमै सिमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!