दुधौलीको वडा नं. ३ र ४ मा हात्ती आतंक

 

३ फागुन,२०७७
दुधौली न्युज सम्बाददाता –
दुधौली /  आईतबार राति सिन्धुलीको दुधौली नगरपालिकामा हात्तीले आतंक मच्याएको छ । ५ वटा हात्तीको एक समुहले दुधौली नगरपालिकाको वडा नं. ३ र ४ का सर्वसाधरणहरुलाई सास्ती दिएको हो । वडा नं. ३ मा २ वटा हात्ती देखापरेका थिए भने वडा नं. ४ मा ३ वटा हात्ती देखापरेका थिए ।

           वडा नं. ४ को बनगारामा केही हात्तीले केही घर भत्काएको छ भने अन्न बाली समेत नष्ट गरेको छ । बनगाराका फत्ते कुमारी खड्काको घर भत्काएको छ भने घरमा भएको धान, चामल, मकै सबै हात्तीले नष्ट गरेको वडा नं. ४ का वडा अध्यक्ष दुर्गा बहादुर राउतले जानकारी दिनुभयो । उता, बनगारा कै धन वहादुर आले , कर्ण वहादुर आले को मकै खेती पनि हात्तीले क्षती गरेको छ ।

       वडा नं. ३ मा भने हात्तीले भौतीक रुपमा कुनै क्षती नगरेको वडा नं ३ का वडा अध्यक्ष साने धामीले बताउनु भयो । हात्तीले भौतीक रुपमा क्षती नगरेपनि स्थानिय रातभर जाग्रम बस्न बाध्य भएको वडा अध्यक्ष धामीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!