थाहै नपाई झिपिक्क जानथाल्यो बिजुली


०७ फागुन,२०७७
रोहित कुमार गुरु
दुधौली / पछिल्लो समय देशका बिभिन्न स्थानहरुमा विद्युत कटिएर लाईन अबरुद्ध भएकोे समाचारहरु आउन थालेका छन् । त्यस्तै सिन्धुलीको दुधौली नगरका उपभोक्ताहरुले पनि दैनिक रुपमा झिपिक्क झिपिक्क बत्ति गएको भन्दै गुनासो गर्न थालेको छन् । दैनिक कम्तिमा पाँच देखि छ सात पटक विद्युत काटिन थाले पछि उपभोक्ता मारमा परेका हुन् ।

             नेपाल बिद्युत प्राधिकरणले बिना सूचना समयमा समयमा बिद्युत काटिरहेको स्थानिय उपभोक्ताहरुले गुनासो गर्ने गरेका छन् । यसरी बिना जानकारी नै बिजुली जाने गरेपछि दुधौलीका व्यापारी, साना उद्योग कलकारखाना र विभिन्न संघसस्थाहरू लगाएत स्थानियहरु ठूलो मारमा परेको हो । बारम्बारको बिद्युत कटौतीका कारण ठूला ठूला निर्माणधिन संरचानाहरुमा समेत प्रभाव परेको छ । निर्वादरुपमा बिद्युत आपुर्ती नहुदा बेला बेलामा काम रोक्नु पर्ने बाध्यता रहेको इन्जिनियर दिनवन्धु चौधरीले गुनासो व्यक्त गर्नुभयो । इन्जिनियर चौधरी दुधौली नगरपालिका वडा नम्बर ९ को मा.बि. लदाभिरमा एसियन बिकाश बैकं एडिबि द्धारा निर्माणाधिन २४ कोठे भवनको स्ट्रक्चर हेर्ने प्राविधिक हुन । उहाँ भन्नुहुन्छ– “अहिले नेपाल विद्युत प्राधिकरणले अघोषित लोडसेडिङलाई निरन्तरता दिन थालेको जस्तो छ । एक दिनमा सकाउने काम बिजुली कै कारण तीन दिन लाग्ने गरेको छ ।

                यता नेपाल विद्युत प्राधिकरण सिन्धुलीले भने प्राविधिक कारण तथा मर्मत संम्भार गर्दाको समयमा मात्रै लोडसेडिङ हुने गरेको दावी गरेको छ । हामीले सेवाग्राहीले गुनासो गरे जस्तो कतै पनि बिद्युतको कटौती गरेका छैनौ, कुनै समयमा लाईन मर्मत गर्न र प्राबिधिक गडबढीको समयमा मात्र बिद्युत कटौती हुने गरेको प्राधिकरण सिन्धुलीका जिल्ला प्रमुख सुनिक कुमार महत्वले बताउनु भयो । ग्रामिण भेगको बिद्युत पोल र ट्रान्सफर्मर जस्ता उपकरणहरुमा समस्या आउने हुँदा विद्युत आपूर्तिमा अवरोध हुने गरेको जानकारी उहाँले दिनुभयो। तर, सर्वसाधारणले भने कुलमान घिसिङ बाहिरिएपछि देशै भरी अहिले प्राधिकरण व्यवस्थित हुन नसकेको आरोप लगाउन थालेका छन् । लामो समय लोडसेडिङको मार खेपेका नागरिकले नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा कुलमान घिसिङ आएको केही समयमै अन्धकारबाट उज्यालोमा बस्ने मौका पाएका थिए ।

            देशलाई लोडसेडिङमुक्त बनाएका घिसिङको कार्यकाल सकिदै गर्दा नगारिकले उनको पुनः नियुक्तिको माग गरे । तर सरकारले कानुनी अवरोध देखाएर घिसिङलाई विदा गर्यो । त्यसबेला नै सर्वसाधारणले अब फेरी मुलुकमा लोडसेडिङ हुने हो कि भन्ने चिन्ता गरेका थिए । अहिले त्यही चिन्ता व्यवहारमा देखिन थालेको छ । कुलमानले व्यवस्थित बनाएको नेपालको विद्युत आपूर्तिलाई अहिले फेरी अव्यवस्थित बनाउनेहरुको चलखेल बढेको कतिपयको आशंका छ । फ्यूज शाखा दुधौलीका अनुसार दुधौली नगर भित्रका वडा नम्बर ३, ६ र ११ बाहेक दश हजार भन्दा बढी ग्राहक छन् । जसबाट मासिक २० देखि ३५ लाख राजश्व उठ्ने गरेको फ्यिूज शाखाका प्रमुख बिष्णु पण्डितले जानकारी दिनुभयो । दुधौली साप्ताहिक सँगको कुराकानी गर्दै पण्डितले भन्नुभयो – कमला पारिको तीन वडा, वडा नम्बर ३, ६ र ११ समेतको ग्राहक गणना गर्दा १५ हजार भन्दा माथी ग्राहक रहेका छन् ।

    कारण जे भए पनि पछिल्ला दिनमा निरन्तर विद्युत आपूर्ति भइरहेको छ । तर, प्राधिकरणले विभिन्न प्राविधिक समस्या देखाएर पन्छिन खोजेको देखिन्छ । दुधौली जस्तो बिकासोन्मुख नगरपालिकामा दैनिक रुपमा यसरी बिद्युत आपुर्तीमा समस्या आईरहने हो भने स्थानिय सरकारलाई र जनतालाई असर त छदैछ यसको असर समग्र देशलाई नै पर्न जाला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!