डढेलोका कारण दुधौलीमा धर्मशाला जल्यो

२१ चैत,२०७७
दुधौली न्युज सम्बादाता –
दुधौली / सिन्धुलीको दुधौली नगरपालिकामा बनमा लागेको डढेलोका कारण धर्मशाला जलेको छ । दुधौली नगरपालिका वडा नम्बर २ मा रहेको मधुगंगा सामुदायिक बनमा लागेको डढेलोका कारण मधुगंगा महादेव मन्दिर परिसरमा रहेको धर्मशालामा आगलागि भएको हो ।आगलागिका कारण धर्मशाला पूर्ण रुपमा नष्ट भएको छ ।
एक हप्ता अघि देखि मधुगंगा सामुदायिक वनमा लागेको डढेलोले धर्मशालामा आगलागि भएको स्थानीय हरी गाउँलेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘जंगलमा लागेको डढेलो मन्दिर परिसरमा रहेका दुई वटा मध्ये एक धर्मशालामा आगलागि भएको र काठै काठले निर्माण गरिएको धर्मशाला पुर्ण रुपमा नष्ट भएको छ ।’ आगलागिका कारण धर्मशाल छेउमा रहेका अन्य भौतिक संरचनामा समेत क्षति पुग्ने भएपछि स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिईएको उहाँले जानकारी दिनुभयो ।                                                                          भौगोलिक विकटताका कारण धर्मशालामा आगलागि भएपनि दमकल लैजान नसक्दा आगलागि नियन्त्रणमा लिन समस्या भएको थियो । स्थानियको सक्रियताका कारण एक धर्मशाला र नौ वटा घर टहराहरु क्षति हुनबाट जोगिएको छ । उहाँले भन्नुभयो ‘जंगलमा लगाएको डढेले मानव वस्तिमा प्रवेस गरि क्षति गर्ने सम्भावना रहेको भन्दै सजग अप्नाउनु पर्ने भएपनि डढेलो नियन्त्रणमा समस्या रहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!