कटारी नगरपालिकाले ल्यायो साँढे ८२ करोड बढीको बजेट


दुधौली न्युज सम्बाददाता
२१ असार , आईतवार
दुधौली/उदयपुरको कटारी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि साँढे ८२ करोडको बजेट नीती तथा कार्यक्रम पेश गरेको छ । सनिवार भएको नगरसभामा नगरपालिकाकी उपप्रमुख भीम कुमारी राउतले आगामी आर्थिक वर्ष २०७७/0७८ का लागि ८२ करोड ६५ लाख बराबरको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको वडा नम्बर ४ का वडा अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता कृष्णराज दनुवारले जानकारी दिनु भयो ।

उहाँका अनुसार नगरसभामा पेश भएका बजेट, निती तथा कार्यक्रम भोली दिउसो ३ बजे पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने छ । प्रवक्ता दनुवारका अनुसार नगरसभा मार्फत पेस भएको बजेटमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रणका लागि विशेष कार्यक्रम बनाएको छ ।
त्यस्तै कोरोनाकै कारण विदेशबाट फर्किका युवाहरुलाई स्थानीय स्तरमै रोजगारीको सिर्जना गर्न कृषि उत्पादनमा जोड दिइएको छ । त्यस्तै सडक, विजुली, खानेपानी, शिक्षा, स्वास्थ्य जस्ता नगरवासीका अत्यावश्यक र आधारभूत आवश्यकतालाई समेत आगामी आर्थिक वर्षको बजेट, निती तथा कार्यक्रमले समेटेको प्रवक्ता दनुवारले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!